सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशिको पुरस्कार दिने भएको छ।
नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ।
रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ।
विद्यार्थी आन्दोलन
चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। नतिजा सच्याउन तथा प्रश्नपत्र र उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीले शान्तिपूर्ण आन्दोलन शुरू गरेका हुन्।\r\n\r\n
नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन।
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरू आन्दोलित छन्।
काठमाडौँ महानगरपालिकाले पेरिस पारालम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
मंगलबार सामान्य बढेको नेप्से बुधबार भने ३.२० प्रतिशतले घटेर २,७३९.४६ को विन्दुमा कायम भएको हो।
‘अदालतको आदेश मानेर हामीले बागमतीलाई बचाउनुपर्छ। प्रकृतिले दिएका नदीनाला उपयोगका वस्तु मात्र हुन् भन्ने सोच्यौँ भने त्यसले हाम्रै अस्तित्व खतरामा पार्छ।’
कामको सिलसिलामा वा भिजिट भिसामा यूएई गएर त्यहाँ ‘ओभरस्टे’ भएका तर जरिबाना तिर्न नसकेर अवैधानिक हैसियतमा रहेकाहरूलाई आममाफीको व्यवस्था गरिएको छ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका हुन्।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७८८ जनामा डेंगीको संक्रमण देखिएको छ।
पलेशालाई विमानस्थलमा बाजागाजासहित खेलकुदमन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि नगर परिक्रमा गराइएको थियो।
अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर छन्। कोभिड–१९ को संक्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर र आईसीयू अहिलेसम्म पनि प्रयोगमा आउन सकेका छैनन्।
मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुंगामा ७० जनाभन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ।
विरोध
विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएको भन्दै विरोध प्रदर्शन गरेका छन्। आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै चिकित्सा शिक्षा अगाडि एमबीबीएस र पारामेडिकल प्रवेश परीक्षा दिएका विधार्थीले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘प्रश्नपत्र सेट’, ‘ओएमआर सिट’, ‘एन्सर कि’ हर्न पाउनुपर्ने माग राखेका छन्। उनीहरूले ‘विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन’, ‘एमइसीले गल्ती नहेराइ फेल गर्नु नै अपराध हो’, ‘विद्यार्थीको भविष्य निर्धारण गर्ने जस्तो परीक्षामा राजनीति चल्दैन। चल्दैन’, ‘प्रिपेरेसन गर्ने काले, सिट पाउने पैसावाले’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए। तस्वीर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा बालक बेपत्ता भएको प्रहरीले जनाएको छ।