पहिरोमा परी बेपत्ता अन्य चार जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले बताए।
भारतका विभिन्न तीर्थस्थलको दर्शन गर्न उक्त बस शनिबार बिहान ११ बजे रक्सौल नाका हुँदै भारत प्रस्थान गरेको थियो।
शेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो कारोबार दिन ठूलो अंकको गिरावटका साथ करेक्सन आएको छ।
स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रुपैयाँसहित भारतीय नागरिक ३४ वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार पक्राउ परेका छन्।
इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका हुन्। तनाव बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रुसीमूलका पावेल दुरोभले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए। छोटो समयमा चर्चा बटुलेको टेलिग्रामका सीईओ दुरोभ किन पक्राउ परे?
परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो।
अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भइरहेको छ।
महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो।
रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर दुई जानको मृत्यु भएको छ । पहिरोमा परेर आठ जना बेपत्ता भएका छन् ।
नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा घरेलु टोली सिटीले इप्सविच टाउनलाई ४-१ ले पराजित गरेको हो।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका र उनीहरूको खोजीका लागि ४० जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
केरुङ खोलामा आएको बाढीले सडक कटान गरी सवारी आवागमन बन्द हुँदा कैलाश मानसरोवरबाट फर्किएका र जाँदै गरेका यात्रु प्रभावित भएका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ।
नेपालको आकस्मिक भ्रमणमा रहेकी भारतीय खलकुद राज्यमन्त्री खड्सेले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारीसमेत लिएकी थिइन्।
आयोगका सदस्य राजकिशोर साहले स्रोतसाधन अभावले प्रदेशमा सुशासन कायम गर्न आयोगले चाहेजस्तो कार्य सम्पादन नसकेको बताए।
पश्चिमी जर्मनीको सोलिनजेन शहरमा शुक्रबार आयोजित महोत्सवमा अज्ञात व्यक्तिबाट छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
गिरिबन्धुलगायतका अनियमिततामा यथाशीघ्र निष्पक्ष अनुसन्धानका साथै सबै शीर्ष नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठनको माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ।
साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको मात्रै निर्यात गरेको छ।