तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा स्थानीय १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।
मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।
जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो।
विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको उक्त रकम झापाको दमकस्थित बेलडाँगी शिविरमा मंगलबार प्रदान गरिएको हो।
सुर्खेत– जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति आएको अविरलले कालिकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जेठ २८ गतेयता बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्याएको छ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदर्शन
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ आयोजना गरेका छन्। यौनिक अल्पसंख्यकको संस्था समूह ब्लु डायमन्ड सोसाइटी नील हीरा समाजले मंगलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा प्राइड परेड आयोजना गरेको हो। ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएर उनीहरूले ठमेल हुँदै वसन्तपुरसम्म बृहत् र्यालीको आयोजना गरेका थिए। उनीहरू समुदायले लगाउने भेसभुसामा सजिएर परेडमा सहभागी भएका थिए। उनीहरूले प्रत्येक वर्ष यस दिनलाई आफ्नो गौरवपूर्ण दिनका रूपमा मनाउँदै आएका छन्। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टस्ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै पनि त्रुटिपूर्ण प्रावधानहरू रहेको औँल्याएका छन्।
यु२० साफ च्याम्पियनसिपमा बांग्लादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।
कानून विषयमा स्नातक गरेका एक चिनियाँ युवकले बौद्ध मन्दिरबाट दानरकम चोर्ने अनौठो तरिका अपनाएका छन्।
पहिरोका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र २४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।
पर्व
काठमाडौँको बसन्तपुर र न्युरोड क्षेत्रमा गाईजात्राको रोनक। नेवार समुदायले एक वर्षभित्र दिवंगत आफन्तजनको सम्झनास्वरुप गाईजात्रा पर्व मनाइरहेका छन्। यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृंगारेर बजार परिक्रमा गराइन्छ।
प्राधिकरणका अनुसार विद्युत्को पहुँच पुगेको जनसंख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ग्रिडभन्दा बाहिर रहेका दुई प्रतिशतले लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रामा गौरव यात्रा आयोजना गरेका छन्।
गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट हमासले बन्धक बनाएकामध्ये थप ६ जनाको शव बरामद गरेको इजरायली सेनाले जनाएको छ।
विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
काठमाडौँ महानगरपालिका–८ स्थित नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चाको पुनर्निर्माण गरिएको छ।
भारतीय प्रधानमन्त्री मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाँदैछन्। मोदीको यस भ्रमणले रुसलाई 'चिढ्याउन' सक्ने आलोचना पनि भइरहेको छ।