AnonymousUser

Logout

धनुषाको जलाद खोलामा डुबेर २ जनाको मृत्यु

शुक्रबार दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि साँझ स्थानीयले निकालेका थिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन

भक्तपुरको गठ्ठाघरमा बिहीबार एक जनाको ज्यान जाने गरी भएको दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर र प्रहरीले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन्।

थामे बाढी : दूधकोशी आसपासका क्षेत्रमा सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

उकालो साप्ताहिक ब्रिफिङ: नेपाल भाषा गुगल ट्रान्सलेटमा, संसद्‍मा तालीको इतिहास

यो साता उकालोमा अनुत्पादक सभाहल बनाउन सिध्याइयो साढे ९ अर्ब, महिलालाई घरेलु काममा जान प्रतिबन्धको उल्झन, संसद‍्मा तालीको महत्त्व, नेपाल भाषाको गुगल ट्रान्सलेटमा एन्ट्री लगायतका खबर चर्चामा रहे।

थामे बाढी : १ जना बेपत्ता, ७ घर र ५ होटलमा क्षति

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने सात घर, पाँच होटल, क्लिनिक, स्कुलमा क्षति पुगेको छ।

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन, ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने

छानबिन समिति गठन गरी गठ्ठाघर घटनाको सत्यतत्थ छानबिन गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको भनाइ छ।

भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियोमा ‍उडान र रेल सेवा रद्द

भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन्।

बागलुङमा माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जना बेपत्ता

बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा शुक्रबार एक जना बेपत्ता भएका छन्। 

सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशंका

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। स्थानीयले हिमताल फुटेको आशंका गरेका छन्।

करवृद्धिको विरोधमा व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरअगाडि धर्ना

करवृद्धिको विरोधमा व्यवसायीले सटरको साँचोसमेत उपमहानगर प्रमुख र उपप्रमुखलाई बुझाएका छन्।

थाइल्यान्डको प्रधानमन्त्रीमा पातोङटार्न सिनावात्रा निर्वाचित

पूर्वप्रधानमन्त्री श्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि सिनावात्रालाई संसद्‌ले नयाँ प्रधानमन्त्री छनोट गरेको हो। 

नवलपरासीमा १५ करोडमा निर्मित अस्पताल भवन उपयोगविहीन

आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी भएका कारण प्रयोगमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।

पहिरोले भेरी करिडोर अवरुद्ध

पहिरोले विद्युत्‌का पोल बगाउँदा विद्युत् सेवा पनि  बन्द भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए। 

टाँगामा भारत तस्करी गर्न लागिएको १७ लाखको ‘भेप’ बरामद

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते पाँच करोड मूल्य पर्ने ७६ कार्टुन भेप बरामद गरेको थियो। 

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध: राष्ट्रसंघ

तालिबानले सत्ता कब्जा गरेदेखि कम्तीमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधरणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

युक्रेनी परोपकारी संस्थालाई ५१ डलर दिने अमेरिकी–रुसी नागरिकलाई १२ वर्ष जेल सजाय

रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएकी अमेरिका–रुस नागरिक केन्सिया खवानालाई देशद्रोहको अभियोगमा दोषी ठहर गर्दै १२ वर्षको जेल सजाय सुनाएको छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको जनाएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।