मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिन काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिए।
असार तेस्रो साता गएको बाढीले त्रसित पटराखल्लाका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन्। दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउँछिन्।
प्रशोधित पिउने पानीको बोतलभित्र कीरा भेटिएपछि काठमाडौँ महानगरले अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड फास्टफुडलाई दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ।
सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले कमला नदीमा पुल बनाउन माग गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ।
दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
मस्यौदामा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखी गन्तव्य मुलुकको श्रमबजारको माग र प्रवृत्तिअनुसार श्रमिकको सीप, दक्षताको पहिचान गर्ने उल्लेख छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारागाउँ विकास समितिका नाममा रहेको सम्पत्तिको विवरण तथा सञ्चालन तथा सदुपयोग हुने गरी कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएको छ।
भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएका छन्।
चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ। नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ।
सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा कायम भएको छ।
स्थापितले एक करोड रुपैयाँभन्दा बढी रकम सहकारीमा बचत गरेको भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नहुँदा उनको मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए।
अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटली शीर्ष १० स्थानमा रहेका छन्।
सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको डोल्पा जिल्ला झल्कने गरी काठमाडौँमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको छ।
लन्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।
ललितपुर–१८ स्थित आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका तिमिल्सिनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
इर्खुवाखोलामा आएको बाढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा जनजीवन प्रभावित भएको छ।
बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।