AnonymousUser

Logout

अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु

सोमबार बिहान कच्ची घरको खरले छाएको छानामा अचानक आगो सल्केपछि दुवै नाबालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

काभ्रेमा बोधिचित्तको रुख काटेको आरोपमा ४ जना पक्राउ

बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको प्रहरीले जनाएको छ।

अफगानिस्तानमा भारी वर्षा र बाढी, ३३ जनाको मृत्यु

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ। 

आर्सनल र लिभरपुल पराजित, म्यानचेस्टर सिटीलाई फाइदा

शीर्षस्थानको सिटीको ३२ खेलबाट ७३ अंक छ। समान खेलमा ७१ अंक रहेका आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन्। 

यस्तो रहनेछ सोमबारको मौसम

दिउँसो लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्नस्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

मकै खेती विस्तारसँगै झापामा जटिल बन्दै हात्तीको समस्या

डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राई भन्छन्, ‘मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको संख्या र क्षति बढिरहेको हाम्रो अनुसन्धानले देखाएको छ।’

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा ६ वटा प्रतिवेदन पेश हुने

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा सञ्चालन हुने भएको छ।

दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु

बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ।

सट्टेबाजीमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरी ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

मुगुका खानेपानी कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।

सिन्दूर जात्रा

सिन्दूर जात्रामा रंगियो मध्यपुरथिमी

मध्यपुरथिमीमा आइतबार हर्षोल्लासका साथ सिन्दूर जात्रा मनाइएको छ। प्रत्येक वर्ष वैशाख दुई गते मनाइने ३२ खटसहितको जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ। मूल देवता खटमा राखेर धिमेबाजा र नाचगानसहित चिराग बाली एकअर्कामा सिन्दूर दलेर खुशी साटासाट गर्दै मनाइने गरिन्छ। यो जात्रामा थिमी बासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्। 

इन्दिरा गिरीलाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले इन्दिरा गिरीलाई सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश दिएको छ।

चट्याङ लागेर पर्वतमा २ जनाको मृत्यु

चट्याङ लागेर पर्वतको मोदी गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै २ सांसदको दाबी पेश

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले दाबी पेश गरेका छन्।

कालोपत्र उप्किएपछि जोखिमपूर्ण यात्रा

घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठूला–ठूला खाल्डा परेका छन्। दैनिक सयौँको संख्यामा गुड्ने सवारीसाधन सडकका खाल्डोमा फसेर ट्राफिकजाम हुने गरेको छ।

नेप्से परिसूचक २.३५ अंकले घट्यो, ३ अर्बको कारोबार

सिर्जनशील लघुवित्तको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीको दाबी पेश

नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह

इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घर या आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

जातीय भेदभावको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष पक्राउ

जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इंग्ल्यान्ड ‘सी’सँग हुने मैत्रीपूर्ण फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आइतबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।