AnonymousUser

Logout

क्रिमियामा तैनाथ २ रुसी सैन्य जहाजमाथि युक्रेनले गर्‍यो आक्रमण

क्रिमियाली क्षेत्रमा तैनाथ दुई रुसी सैन्य जहाजमाथि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ।

पूर्वाधार पुगेका गाउँमा पनि छैनन् युवा

गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ। अक्करे भिर फोडेर खनेका सडकमा मोटर गुडेका छन्। तर गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन।

काठमाडौँ महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण’ कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ।

काठमाडौँ उपत्यकामा २४१ चालक कारबाहीमा

प्रहरीका अनुसार लाइसेन्स नबोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने लगायतका कसुरमा चालक कारबाहीमा परेका हुन्।

इलाममा सुहाङ र बझाङमा दमनलाई उम्मेदवार बनाउने  एमालेको निर्णय

सत्तारुढ दल नेकपा एमालेले इलाम– २ बाट सुहाङ नेम्वाङ र बझाङ प्रदेशसभा– १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

इरानमा अनुसन्धानकर्ताहरूले भेटाए ४ हजार वर्ष पुरानो लिपस्टिक

एउटा सानो ढुंगाको सिसीमा करिब ४ हजार वर्ष पहिले प्रयोग गरिएको रातो सौन्दर्य सामग्री भेटिएको हो। अनुसन्धानकर्ताहरूले यसलाई लिपस्टिक भएको बताएका छन्।

नुवाकोटका १२ वटै पालिकाका वनमा डढेलो

जिल्लाका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको डिभिजन वन कार्यालयले जनाएको छ।

आयरल्यान्ड ‘ए’सँग टी२० र एकदिवसीय खेल्ने नेपाली टोलीको घोषणा

क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टी२० र ओडीआईका लागि छुट्टाछुट्टै टिमको घोषणा गरेको छ।

बदाम बेचेर नमूना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

४५ वर्षअघि बदामको व्यापार थालेकी शिवमाया अहिले पनि उत्तिकै उत्साहका साथ व्यापार गरिरहेकी छन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन्।

पहाडी क्षेत्रमा मनाइँदै होली, अनुमतिबिना रङ लगाए कारबाही

होली पर्वका अवसरमा सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

हुम्लाको अदानचुली जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।

दाङमा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु

हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा पुग्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

मस्को आक्रमणमा ज्यान गुमाउनेको संख्या ११५ पुग्यो, विश्वभरबाट निन्दा

पुटिनले शत्रुहरूले आफूहरूलाई ‘विभाजित गर्न नसक्ने’ बताए। उनले आक्रमणमा संलग्न सबैको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।

हुम्लाको अदानचुलीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपिए ४ मन्त्री

तीन मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।

‘विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला कतिपय प्रस्ताव संविधानमा रहेको तीन तहका सरकारका कार्यक्षेत्रसँग बाझिने किसिमका भएकाले पनि समितिले यति धेरै संशोधनलाई छिट्टै पार लगाउन कठिन हुने बताउँछन्।

मकवानपुरमा ज्वरोका बिरामी बढे

केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

उपत्यकामा होलीलक्षित सुरक्षा योजना: ९० स्थानमा जाँच, ९०० ट्राफिक प्रहरी परिचालन

होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने बताइएको छ।

तान्द्राङ खोलामा पुल बन्यो, ४ गाउँपालिकाका स्थानीय लाभान्वित 

पुल निर्माण भएपछि गोरखाको भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज भएको छ।