नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ।
महिला हक, अधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ लाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ।
भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
छोरीहरू बौद्धिक रूपमा कमसल हुन्छन्, त्यसैले नेतृत्वदायी भूमिका दिनु हुँदैन भन्ने भाष्य व्याप्त छ। अर्कोतर्फ, छोराहरू बलिष्ठ हुन्छन्, उसकै नेतृत्वमा समाज अगाडि बढ्नु पर्छ भन्ने बुझाइ स्थापित गरिएको छ।
सेनाले महाशिवरात्रिको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।
पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी , बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
ट्राफिक प्रहरीले शिवरात्रिका दिन पशुपति क्षेत्रमा हुँदै चल्ने सवारीलाई डाइभर्सन गर्ने भएको छ भने मालवाहक सवारीलाई प्रवेश गर्न नदिने भएको छ।
धादिङको घाटबेँसी बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ। योसँगै मृतकको संख्या नौ पुगेको छ।
मन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना रुसी समकक्षी लाभरोसँग बिहीबार टेलिफोनमामा कुराकानी गर्दै त्यहाँको सेनामा रहेका नेपाली नागरिकको उद्धार गरेर स्वदेश फर्काउन आग्रह गरेका छन्।
बेलायतको रोजगारीको प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
यूरो विइङस एजुकेसन कन्सल्टेन्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्यान्डलगायत देशमा पठाइदिन्छौँ भन्दै करोडौँ रकम ठगी गरेको किटानी जाहेरी परेको थियो।
बालिका बलात्कारमा दोषी ठहर भएका माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ।
काठमाडौँ लेडी जेसिजले उकालोकर्मी दिपा दाहाललाई सम्मान गरेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सत्ता समीकरण फेरबदल नेपालको आन्तरिक मामिला भएको र यसबाट भारतीय धारणा परिवर्तन नहुने बताएका छन्।
पुलमा बाढीले क्षति पुर्याएपछि जोखिमपूर्ण अवस्थामा आवतजावत गर्नु परिरहेको स्थानीय भरत बुढाथोकीले बताए।
नेपाली युवाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ भने सयाैँको संख्यामा घाइते भएका छन्।
निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको छ।
बिहीबार नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर २०३०.५५ को विन्दुमा पुगेको छ।
जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
उनले अहिलेसम्म ३४ हजार १२८ बर्गर खाइसकेका छन्। धेरै जंकफुड खाँदा स्वास्थ्यमा असर नपरोस् भनेर उनी दैनिक ६ माइल हिँड्छन्।