AnonymousUser

Logout

अमेरिकासँगको सम्बन्ध ‘सकारात्मक’ रहेको मोदीको भनाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली र वासिंटनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन्।

राहुघाटमा २ जलविद्युत् आयोजना सम्पन्न, ३ निर्माणको अन्तिम चरणमा

म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा दुई वटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ भने थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन्।

राजनीतिक प्रस्ताव लेखनका लागि एमालेले बनायो ७ सदस्यीय समिति

एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव लेखनका लागि पार्टीका सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।

बाढीपहिरोले देशभरका १२ राजमार्ग अवरुद्ध

देशभरका १६० राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन्। अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

अरनिको राजमार्ग अवरुद्ध भएपछि…[तस्वीरहरू]

पहिरोका कारण करिब २५० मिटर सडक प्रभावित भएको छ। जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।

डेंगीको जोखिम कायम रहेकाले सचेत काठमाडौँ महानगरको आग्रह

महानगरको ३२ वटै वडामा डेंगीका बिरामी बढिरहेकाले यसले महामारीको रूपसमेत लिन सक्ने भन्दै महानगर स्वास्थ्य विभागले सचेत रहन आग्रह गरेको छ।

६१ स्थानीय तहले ल्याउन सकेनन् बजेट

गण्डकीका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनीका सात, कर्णालीका तीन र सुदूरपश्चिमको एक स्थानीय तहले बजेट ल्याएका छैनन्।

देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूको भिडियो सार्वजनिक

प्यालेस्टिनी विद्रोही समूह हमासको सशस्त्र शाखाले शुक्रबार एक भिडियो सार्वजनिक गरेको छ।

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी शुरूआत

पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग शुरू भएको छ।

स्कुल बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडाको चयन

संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

सूचना प्रविधिको विकाससँगै फेरिए मानव बेचखिनका स्वरूप

अहिले सूचना प्रविधिको विकाससँगै मानव बेचखिनका स्वरूपहरू पनि फेरिएका छन्। अहिले पढेलेखेका महिला/पुरुष पनि बेचिने गरेका छन्।

उकालो साप्ताहिक ब्रिफिङः काठमाडौँमा पार्किङको झमेला, ‘स्क्यामर’को फन्दाले १२ हजार बैंक खाता रोक्का

यो साता उकालोमा ‘स्क्यामर’को फन्दाः १२ हजार बैंक खाता रोक्का, शवको हड्डी बिक्री प्रकरण, काठमाडौँमा हैजा नियन्त्रण गर्न अपनाइएको त्यो उपाय–मारेका झिँगा मानोमा भरेर पुरस्कारलगायतका समाचार चर्चामा रहे।

नेपालगन्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो।

१०२ वर्षीय अकुजावाले माउन्ट फुजी आरोहण गरेर बनाए विश्व कीर्तिमान

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए।

नाङ्लो बिक्री गरेर आम्दानी गर्दै होम्ताङवासी

होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन्। स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले किनेर लैजाने गरेका छन्।

मनाङमा पनि कात्तिक १७ गते उपनिवार्चन

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्य तालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको छ।

अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै

असमानता, गरिबी र विविध ढंगका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।