चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गरेको स्मरण गर्दै सरकारले रोल्पालाई विशेष महत्त्व दिएको जिकिर गरे।
सरकारले सशस्त्र प्रहरी बल नेपाल मातहतका कार्यालयका लागि तराईमा ६ बिगाहा ८ कट्टा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेले जंगी अड्डामा राजीनामा पेस गरेको पुष्टि गरे।
यसै पनि खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक राहत सामग्री नपाएर समस्यामा परेका बारेकोटका भूकम्पपीडित वर्षाका कारण थप समस्यामा परेका छन्।
तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ।
यसअघि नेपालले इजरायलमा पनि यही कार्यक्रममा कृषि विद्यार्थी पठाउँदै आएको थियो। पछिल्लो समय इजरायलमा जारी युद्धका कारण यो कार्यक्रम प्रभावित बनेको छ।
जाजरकोट भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।
कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो।
सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो।
सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका छन्।
इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा मानिसको बढीको मृत्यु भएको र २७ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जारी विश्वकप क्रिकेटमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरिसकेका छन्।
देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
अर्थविद्हरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने आकलन गरेका छन्।
रास्वपा प्रवक्ता मुकुल ढकालले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनुका साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्ने जानकारी दिए।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचक केही सकारात्मक देखिए पनि अझै दबाब कायमै रहेको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ट्याक्सीका रूपमा जुनसुकै ब्रान्डका गाडी आए पनि ती सबैलाई सहमति दिन आवश्यक रहेको बताए।
डिडियर ड्रोग्बाले आफ्नो संस्थामार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
इस्टोनिया जान ७ लाख रुपैयाँ लाग्ने र महिनाको डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै पाँच जनाबाट ३४ लाख १३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन थिए।