दक्षिण अफ्रिकाले दिएको चारसय रनकाे लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७० रन बनाउन सक्यो।
यो हप्ताभरि पनि विश्वको ध्यान हमास–इजरायल युद्धले नै तान्यो। तर त्यहीबीच चीनमा बीआरआई सम्मेलन भएको छ। क्यानडालाई अमेरिका र बेलायतले साथ दिँदै भारतमाथि भियना कन्भेन्सन उल्लंघनको आरोप लगाएका छन्।
नेदरल्यान्ड्सले दिएको २६३ रनको लक्ष्य श्रीलंकाले ४८. २ ओभरमा ५ विकेट गुमाएर भेटायो।
असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने जनाएको छ।
गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने गरिन्छ।
पाकिस्तानमा चुनावको चर्चा चलिरहेका बेला नवाजको आगमनले त्यहाँको राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो।
महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो। सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो।
नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भयो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो।
घटस्थापनायता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ५०० उडान भइरहेको र १६ हजारदेखि १७ हजार यात्रुले आवतजावत गरिरहेका छन्।
नेपालका कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको योगदान दिए।
आजको खेलमा विजयी भए नेपालले एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ।
हरेक वर्ष दशैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती हर्षबढाइँका साथ काठमाडौँस्थित हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम भइरहेको छ। दुवै खण्डको प्रगति १५ प्रतिशत मात्रै छ। जसका कारण यात्रा सहज छैन।
शनिबार दशैँको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन्।
मलेसियाको बायोमास ओभलमा भएको टसमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन्।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ। फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
विरोध
इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको सैन्य कारबाहीको विरोधमा काठमाडौँ प्रदर्शन गरेको छ। बृहत् नागरिक आन्दोलनको ब्यानरमा नेपालका लागि इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागीले प्यालेस्टाइन ‘एक्लै छैन’, ‘प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर’, ‘प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ’लगायतका नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए।