अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने तालिका छ।
टी–२० आईमा नेपालले यूएईसँग हालसम्म पाँच खेल खेलेको छ। जसमा यूएईले तीन नेपालले दुई खेल जितेको छ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। यस वर्ष काठमाडौँ उपत्यकाका शक्तिपीठहरू विशेष रूपमा सजाइएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलबार नै निवास फर्किने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माको भनाइ छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा रहेका अवसरलाई सूक्ष्म दृष्टिले हेर्न आवश्यक भएकोले गैरआवासीय नेपालीहरू फर्किनुपर्ने बताए।
बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगरेको अवस्थामा मन्त्रालयकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिँदा स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरूको भनाइ छ।
नेपाल अब दोस्रो चरणको समूह ‘एच’ मा यूएई, यमन र बहराइनसँग खेल्ने छ। समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सीमित स्रोतसाधन, जनशक्ति र अनेकौँ चुनौतीबीच
अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेको बताए।
सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
खेलाडीले अल्मुताइरीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक स्वीकार नगर्ने बताएका छन्। उनले व्यक्तिगत फाइदाका लागि खेलाडी र राष्ट्रिय टोली प्रयोग गर्दै प्रायोजकसँग लेनदेन गर्ने गरेको उनीहरूको आरोप छ।
मंगलबार एनआईबीएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ।
स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले खाद्यले बिक्री गर्ने खसीबोका र च्याङ्ग्रा स्वस्थ रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको दाबी छ।
संसदीय समितिले बझाङ जिल्लामा हालै गएको भूकम्पका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका लागि सरकारलाई निर्देशन दिएको छ।
साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१५ प्रतिशत रहेकोमा भदौमा ९.७४ प्रतिशत पुगेको छ।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।
सम्मेलनअन्तर्गत मंगलबार र बुधबार तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ। नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ।
हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय विमानमार्फत दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाइएको छ।
गाजा इजिप्टको सीमानामा रहेको रफा बोर्डर हुँदै बाहिरिन भेला भएका प्यालेस्टिनीमाथि इजरायली सेनाले आक्रमण गर्दा २५ जनाकाे मृत्यु भएको छ।
नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।