AnonymousUser

Logout

भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध, पहाडी जिल्लामा खाद्यान्न अभाव

कैलालीको गोदावरी–४ भावरमा पहिरोले सडक बगाएपछि भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

प्रज्ञा प्रतिष्ठान भाले जुधाइ गर्ने र गराउने थलो होइनः भुपाल राई

'व्यक्तिको योग्यतामाथि मनपरी प्रश्न उठाउने हो भने प्रज्ञा प्रतिष्ठानको ६४ वर्षको इतिहासमा को–को योग्य प्राज्ञ भए एउटा मापदण्ड बनाएर खोजौँ न त। अनि, सबैभन्दा अयोग्य को रहेछ घोषणा गरौँ।'

सत्तामा टिकिरहन ३० वर्ष पुरानो फाइल खोलेर मलाई गिरफ्तार गरियो : सुनील शर्मा

कांग्रेस सांसद डा. सुनील शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको दाबी गरेका छन्।

परिणाम दिने गरी नियम कानून बनाउन सकेनौँ : सभामुख

सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानून बनाउन बाधा परिरहेको बताएका छन्।

तीनबुँदे सहमतिपछि खहरे खोलामा चल्यो डोजर

काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच तीनबुँदे सहमति भएसँगै कपनस्थित खहरे खोलामा डोजर चलेको छ।

एमालेले आवेगमा सदन अवरुद्ध पार्‍यो : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल नेकपा एमालेले आवेगमा सदन अवरुद्ध पारेको टिप्पणी गरेका छन्।

सुन तस्करीको तथ्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हतकडी लगायो: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरका कारण सरकारले संसद्मा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।

सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ: प्रदीप पौडेल

कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राखेका छन्।

कांग्रेस सांसद शर्मालाई थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले दिएन आदेश

काठमाडौँ जिल्ला अदालतले कांग्रेस सांसद सुनील शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: सत्ता–प्रतिपक्षको खिचातानीमा पिल्सिएको संसद्

अघिल्लो हप्ता मिडिया ‘सुनकाण्ड’का विविध कोणबाट भएका चर्चाले रंगिएका थिए। त्यही सन्दर्भसँग जोडिएर संसद् अवरुद्ध भएका खबरहरू प्रमुखतासाथ छापिएका छन्। हेरौँ योलगायत यस हप्ताका प्रमुख खबर: 

सुनील शर्मालाई प्रतिशोध साँध्न पक्राउ गरियो: कांग्रेस सांसद घिमिरे

कांग्रेस सांसद श्याम घिमिरेले संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्नु गैरसंसदीय अभ्यास भएको बताए। 

नीति नहुँदा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

कृषिमन्त्री भुसालले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्यालाई समाधान गर्न कृषिनीति बनाउने तयारी गरेको बताए।

मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्बाट पारित शिक्षा ऐन नक्कली पाइएपछि त्यसलाई सच्याएर मात्रै संसद्मा पेस गर्ने तयारी गरिरहेको बताएका छन्।

थप तीन कम्पनीले पाए ब्रोकर लाइसेन्स

धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल सञ्चालनको अनुमति दिएको छ।

प्रहरीद्वारा ५२ लाख नक्कली नोटसहित ९ जना पक्राउ

प्रहरीले काठमाडौँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ।

सुन व्यापारी राजेश अडुकियाका छोरा विमानस्थलबाट पक्राउ

सुन व्यापारी राजेश अडुकियाका छोरा रोहनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

सरकार र गौर घटनाका पीडितबीचको सहमतिप्रति जसपाको आपत्ति, संसदीय समितिमार्फत छानबिन गर्न माग

जसपा प्रवक्ता मनीष सुमनले गौर घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका छन्।

प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले सदनमा विरोध गर्‍यो: रघुजी पन्त

एमाले सांसद रघुजी पन्तले सत्ता पक्षका सांसदले सदनमा प्रमुख प्रतिपक्षलाई बोल्नै नदिनु संसदीय मान्यता विपरीत भएको बताएका छन्।

सदन नचल्दाको सेवासुविधा नलिने रास्वपाको घोषणा, संसद् सुचारुका लागि पहल गर्न सभामुखलाई पत्र

रास्वपा सभापति रवि लामिछानेले संसद्को कामकारबाही नचल्दाको सेवासुविधा नपाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयसमक्ष अनुरोध गरिएको बताएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।