AnonymousUser

Logout

सुशासनबिना समृद्धि असम्भव: गृहमन्त्री

भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको दाबी छ।  

हरियाली खेतका फाँट, धान गोड्न व्यस्त किसान  

ललितपुरको खोकनाका स्थानीय धान गोड्न व्यस्त छन्। जेठको अन्त्य र असारको पहिलो सातातिर धान रोपेका उनीहरूलाई अहिले गोडमेल गर्न र मल हाल्न भ्याइ नभ्याइ छ। 

त्रिभुवन आर्मीको टोली दुरान्द कप खेल्न भारततर्फ 

आर्मीले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ‘ए’ वरीयताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

विरोध

‘गरिब होइन गरिबी हटाउ’

नगरप्रहरीको ज्यादती बन्द गर्न, गैरकानूनी कदम रोक्न, ठेला गाढा, साना सडक व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै शनिबार राष्ट्रिय सभागृहअगाडि ‘गरिबको चमेली’ गीत गाउँदै युवाहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र रूपमा उपस्थित भएका युवाहरूसँगै काठमाडौँमा फुटपाथ तथा सडकमा व्यापार गर्नेहरूले नगरप्रमुख बालेन शाहको कार्यकक्ष सभागृहको गेटअगाडि उभिएर प्रदर्शन गरेका हुन्।  विरोध प्रदर्शनमा उत्रिएकाहरूले ‘गरिखान देउ ! नगरप्रहरीको दमन बन्द गर’, ‘मानवता, समानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो?’ ‘सडक– साइकल– गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ’, ‘हाम्रो चिनारी क्रूरता कि करुणा’, ‘गरिब होइन गरिबी हटाऊ’ लगायतका प्लेकार्ड बोकेका थिए।

जनप्रतिनिधिको बहिष्कारबीच उद्घाटन भयो विवादास्पद संग्रहालय 

विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग गरेपछि संस्कृति–सम्पदा अभियन्ता र स्थानीयले विरोध गरेका थिए।  

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण: राष्ट्रपति

बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई राष्ट्रपति पौडेलले आह्वान गरेका हुन्।

विरोध

विवादबीच उद्घाटन भएको संग्रहालय

विवादबीच उद्घाटन भएको इतुंबहाल संग्रहालय शनिबारबाट सर्वसाधारणको लागि खुल्ला भएको छ। संग्रहालयमा विहारका विभिन्न पुरातात्त्विक वस्तुहरू प्रदर्शनीका लागि राखिएको छ। तीन कोठामा रहेको संग्रहालयमा करिब सय वटा कलावस्तुबारे नेपाल भाषा, नेपाली र अंग्रेजी तीन भाषामा जानकारी राखिएको छ। संग्रहालयमा एक हप्ताका लागि निःशुल्क भ्रमण गर्न सकिने संग्रहालयले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध 

शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। 

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

पहिरोका कारण सिंगो बस्ती नै विस्थापित हुने जोखिम छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।

फाँसीको प्रावधान हटाउन सिंगापुर र कुवेतलाई राष्ट्रसंघको आग्रह

कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।

कस्तो छ शनिबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन्।

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

सत्तापक्षका सांसदहरू भन्छन्– सुन तस्करी नियन्त्रणमा संसदीय समितिले प्रभावकारी कदम चाल्नुपर्छ

सत्तारुढ सांसदहरूले सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

‘उपचार गरिरहेको भिडियो बिरामीको मन्जुरीबिना सामाजिक सञ्जालमा नराख्नू’

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुनसक्ने बताए।

आङ सान सुचीलाई कारागारबाट सरकारी भवनमा सारियो

म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुचीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।

निर्वाचनसम्बन्धी विधेयक संविधानको मर्मविपरीत भएको भन्दै मुद्दा हाल्ने तयारी

निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त अधिकारलाई सुनिश्चित गर्न नसकेको लैंगिक तथा अल्पसंख्यक समुदायको ठहर छ।

शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घट्यो

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घटाएको छ।

चन्द्रागिरिमा भ्यान दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु

काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ।