प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्ने बताए।
ईयूका सदस्य राष्ट्र र युरोपेली संसद्ले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा हो।
ट्राभल इजिप्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमिद सादिकले कायरो र काठमाडौँ सीधा हवाई उडानको आवश्यकता औँल्याए।
कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जना पक्राउ परेका छन्।
सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो। यही कारण चार पटकसम्म सदन अवरुद्ध भएको थियो।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
एमालेलगायत विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर दुई दिनपछि र राष्ट्रियसभाको बैठक एक दिनपछि बोलाइएको छ।
सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले बागमती किनारका सुकुमबासी र अव्यवस्थित बसोबासीका बस्ती ६ महिनाभित्र हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले बुधबार दुवै सदनका बैठक अवरुद्ध गरेका छन्।
लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा नै आफूले बोलेको दाहालले दाबी गरेका छन्।
सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। गत वर्ष पनि असार २७ देखि साउन २ गतेसम्म कार्यसमिति बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन।
दक्षिणपश्चिम चीनको चोङकिङमा बाढीका कारण ८५ हजार मानिस विस्थापित भएका छन्।
बस्नेत यसअघि गोरखा, चितवन र पर्सामा प्रमुख जिल्ला अधिकारी भइसकेका छन्।
हालै एक कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए।
एमालेको मागका विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गर्ने भएपछि प्रदेशसभा बैठक सञ्चालन गर्न दिन एमाले सहमत भएको हो।
पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन्।
‘रविन एन्ड द रिभोलुसन’ ब्यान्डका भोकलिस्ट तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए।
डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।