यूएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो। यूएईलाई विशाल स्कोरमा पुर्याउन वृत्य अरविन्दले १८५ र रोहन मुस्तफाले ११८ रन बनाए।
नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले सुधार भएको छ। कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
एमाले सांसद सुब्बाले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णयले जमिनको खण्डीकरण बढाउने र कृषिभूमि समाप्त पार्ने बाटो खुल्ने बताएकी छन्।
फक्स न्युजको मानहानि मुद्दा समाप्त भएको भने छैन। अर्को चुनावी प्राविधिक कम्पनी स्मार्टम्याटिक्सले समेत फक्समाथि मानहानि मुद्दा चलाएको छ।
यूएईका वृत्यले १८५ रनको शतकीय इनिङ्स खेले। उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे। अनुभवी ब्याटर रोहन ११८ रनमा आउट भए। मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
विमानस्थलमा अनलाइन यूपीएस जडान गर्नका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्न लागिएको हो।
रुस भ्रमणका क्रममा त्यहाँका दुवै सदनका प्रमुख, सरकारी उच्च अधिकारीसहित नौ जना विशिष्ट व्यक्तित्वसँग भेट हुने अध्यक्ष तिमिल्सिनाले बताएका छन्।
सांगठनिक अपराध र लागूऔषध तस्करीका प्रमुख क्षेत्रलक्षित अनुसन्धानका क्रममा पछिल्लो तीन सातामा इन्टरपोलले २०३ टन कोकिन र अन्य लागूऔषध बदामद गरेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि दिल्ली लगिएको हो।
अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।
बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफल भए पनि कुनै निर्णय भने नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन्।
यसअघि एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भएको छलफलमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो।
पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ।
सेना र अर्धसैनिक बल दुवै पक्षले आ–आफ्नो नेतृत्वमा सरकार चलाउने अडान लिएसँगै सुडानमा हिंसा चर्किएको छ।
रियल मड्रिड क्वार्टरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ।
मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको जानकारी दिइन्।
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।
मिटरब्याज पीडित
प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका छन्। राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम भएको उनीहरूको गुनासो छ। सोमबार शान्तिवाटिकाबाट सिंहदरबारतर्फ गइरहेको शान्तिपूर्ण जुलुसमा प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले जनाएको छ।
एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक/एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।
सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रपति पौडेलले पूर्वसभामुखका रूपमा प्रयोग गरिरहेको गाडी संसद् सचिवालयमा फिर्ता गरेका छन्।