AnonymousUser

Logout

मिटरब्याज पीडितका माग समेट्न सरकारले गठन गर्‍यो वार्ता समिति

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

वित्तीय क्षेत्रका समस्या समाधान गर्न राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको छ : अर्थमन्त्री

अर्थमन्त्री महतले पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको मूल्य बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको बताएका छन्।

मनाङ शीर्ष स्थानमा उक्लियो, खुमलटारसँग रोकियो जावलाखेल

'ए' डिभिजन लिगमा मनाङ फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने जावलाखेल र खुमलटारले बराबरी खेल्दै अंक बाँडेका छन्।

सेना र सशस्त्र समूहबीच द्वन्द्व चर्किएपछि थाइल्यान्ड शरण लिन पुगे म्यानमारका हजारौँ नागरिक

सरकारी पक्ष र विद्रोही समूहबीच हिंसा भड्किएपछि बुधबारयता करिब १० हजार म्यानमारका नागरिक छिमेकी मुलुक थाइल्यान्डमा शरण लिन पुगेको बताइएको छ।

रविविरुद्ध राहदानी मुद्दा नचलाउने निर्णयको स्वामित्व हामी लिन्छौँ : महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले रास्वपा सभापित लामिछानेको राहदानीसम्बन्धी विवाद प्रमाणहरूको मूल्यांकन गरी प्रक्रियागत रूपमा नै टुंग्याइएको दाबी गरेका छन्।

सरकारका प्रवक्ताको प्रष्टीकरण– ‘कसैसँगको मिलेमतोमा दूरसञ्चार विधेयक ल्याउँदैनौँ’

मन्त्री शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थासँग मिलेमतो गरेर आफू र सञ्चार मन्त्रालयले कुनै पनि काम नगर्ने बताएकी छन्।

स्वर्णिमलक्षित शेखरको टिप्पणी– अवसरवादीहरूबाट जोगिनुहोस्

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै अवसरवादीहरूबाट जोगिन आग्रह गरेका छन्।

मावलीको थर राखेर जन्मदर्ता पाउने परिपत्र सच्याउन सांसद भट्टराईको माग

सांसद विद्या भट्टराईले संविधान र कानूनको ख्याल गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

भारतमा एकैदिन १४ कोभिड संक्रमितको मृत्यु, केन्द्र र राज्य सरकारको समीक्षा बैठक बस्दै

भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ।

हाँडीगाउँ

हाँडीगाउँमा गहना खोज्ने जात्रा

काठमाडौँको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरीनै खोज्ने गरिएको भनाइ छ।

सरकार मूकदर्शक बन्ने हो भने संसद्‌को काम छैन : राजेन्द्र पाण्डे 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने बताएका छन्।

२ अमेरिकी संगठनमाथि चीनको प्रतिबन्ध

ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिकाको भ्रमणमा जाँदा उनको स्वागत र व्यवस्थापन गरेका थिंक ट्याक हडसन इन्स्टिच्युट र रोनाल्ड रेगन प्रेसिडेन्सियलमाथि चीनले प्रतिबन्ध लगाएको छ। 

उपत्यका मेयर्स फोरममा चिरीबाबु

फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन्। 

पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

कोशी प्रदेश नामकरणविरुद्ध चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। 

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुनेछ।

सदनबाहिर साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेर सरकार चुक्यो : सुवास नेम्वाङ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका थिए। 

कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार 

काेलकत्ताकाे घरेलु मैदान इडन गार्डेनमा २०५ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोर १७.४ ओभरमा १२३ रन बनाएर अलआउट भएकाे थियाे।

न्यूनतम साझा कार्यक्रम : संक्रमणकालीन न्यायको काम सक्न २ वर्ष, सरकारी सेवामा लाग्ने समय एक तिहाइ कटौती

न्यूनतम साझा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने उल्लेख छ।