AnonymousUser

Logout

२५ लाख ऋण दिएर १३ करोड माग्ने साहुकार शर्मा पक्राउ

मिटरब्याज असुलीको आरोप लागेका सप्तरीका सुरेन्द्रप्रसाद शर्मा पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइको सप्तरी प्रहरीले जनाएको छ।

जेल सजायको फैसलाविरुद्ध राहुल गान्धीले दिए पुनरावेदन

मानहानि मुद्दामा दोषी ठहर गर्दै सेसन अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।

सरकारसँग सहमति गरेको २ दिनपछि मिटरब्याज पीडितको अर्को टोलीद्वारा काठमाडौँमा विरोध प्रदर्शन

सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग सहमति गरेको दुई दिनपछि अर्को टोली काठमाडौँ आएर आन्दोलन शुरू गरेको छ।

नेप्से १६.६७ अंकले घट्दा कारोबार ९२ करोडमा खुम्चियो

सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको छ।

रुसी नियन्त्रणमा रहेका अमेरिकी पत्रकारलाई रिहा गर्न विदेशमन्त्री ब्लिनकेनको माग

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसी समकक्षी सेर्गेइ लाभरोभसँग वाल स्ट्रिल जर्नलका पत्रकार गेरस्कोभिचलाई तत्काल रिहा गर्न माग गरेका छन्।

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार पेसी

रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।

भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताए।

मिटरब्याज

\'जाली तमसुक खारेज गर\

मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर विरुद्ध प्रदर्शन गरेको छ। सोमबार माइतीघर मण्डलबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका हुन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर मिटरब्याज पीडितले \'किसानको भूमि फिर्ता गर\', \'फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर\', \'मिटरब्याजीलाई कारबाही गर\', \'झुटा आश्वासन बन्द गर\', \'उत्पीडित किसान एक हौँ\' लगायतका नारा लगाएका थिए।

म्याकडोनाल्डका सबै अमेरिकी कार्यालय तीन दिनका लागि बन्द, कर्मचारी कटौतीको तयारी 

विश्वकै सबैभन्दा ठूलो फास्ट–फुड चेन म्याकडोनाल्डका अमेरिकाभरिका सबै कार्यालय अस्थायी रूपमा बन्द भएका छन्। म्याकडोनाल्डले सबै कर्मचारीलाई इमेल पठाएर सोमबारदेखि बुधबारसम्म घरैबाट काम गर्न भनेको छ।

बारा-२ मा एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने

एमाले महासचिव शंकर पोखरेलले बारा-२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

सात महिनामै बर्खास्त भए चेल्सीका प्रशिक्षक पोटर

पोटरको नेतृत्वमा चेल्सीले प्रिमियर लिगका ३१ खेलमा ११ हार बेहोरेको छ। थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

उपनिर्वाचन हुने तीन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै, को-को हुँदैछन् उम्मेदवार?

ठूला दलले तीन क्षेत्रमा नै उम्मेदवार टुंगो लगाइसकेका छन्। नेकपा माओवादी केन्द्रले भने कुनै पनि क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छैन। उसले सबै क्षेत्रमा सत्ता गठबन्धनका दललाई सघाउने सम्भावना छ।

सोमबारको मौसम: पहाडी भेगमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा हुनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ।

के मानिस १४१ वर्षसम्म बाँच्न सक्छन्?

अहिलेसम्म सबैभन्दा बढी बाँचेको कीर्तिमान फ्रान्सकी जिना काल्मेन्टको नाममा छ। उनी १२२ वर्ष बाँचेकी थिइन्। सन् १८७५ मा उनी जन्मिँदा मान्छेको औसत आयु ४० वर्ष मात्र थियो।

जापानी संगीतकार रियोइची साकामोतोको निधन

सोलो आर्टिस्ट र यल्लो म्युजिक अर्केस्ट्रा (वाईएमओ) का संस्थापक रियोइची अस्कर, ग्रामी, गोल्डेन ग्लोब र बाफ्टाजस्ता प्रतिष्ठित अवार्डबाट सम्मानित भएका थिए।

‘रोग होइन, फरक अवस्था हो अटिजम’

'अटिजमलाई रोगभन्दा पनि बालबालिकामा देखिने विशेष अवस्था र फरकपनको रूपमा मान्नु पर्छ'

युक्रेनको पूर्वी क्षेत्रमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु

बाख्मुतनजिकैको औद्योगिक शहर कोस्त्यान्तिनिभ्कालाई रुसी सेनाले घेराबन्दी गरेर आक्रमण जारी राखेको बताइएको छ।

अफ्रिकी देशहरूमा चिनियाँ ऋण चिन्ताको विषय बनेको छ : विश्व बैंकका अध्यक्ष

विश्व बैंकको अध्यक्ष डेभिड मालपासले अफ्रिकी देशलाई चीनले उपलब्ध गराएको ऋण चासो विषय बनिरहेको बताएका छन्।

विलियम्सनले आईपीएल गुमाए

चोटका कारण आईपीएल २०२३ बाट गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियम्सन बाहिरिएका छन्।

सभामुखको अधिकार खोस्ने गरी राखिएको संसोधन प्रस्ताव फिर्ता

सभामुखको तजबिजी अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउनका लागि हालिएको संशोधन प्रस्ताव सत्तारुढ दलका सांसदहरूले फिर्ता लिएका छन्।