ट्रम्पले ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियारसम्बन्धी सम्झौताको घोषणा गरेका छन्।
आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको मन्त्री गुप्ताले बताएका छन्।
रोशी खोलामा गत वर्षको असोजमा आएको बाढीले बस्तीमा क्षति पुगेको थियो। खोला किनारको बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै छ।
बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।
पुस्तकको पहिलो खण्डमा थारू समुदायको परिचय, दोश्रो खण्डमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ।
स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको हो।
कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
पाकिस्तानमा जुनको अन्त्यदेखि शुरू भएको मनसुनका कारण देशभर ५३ जना बालबालिकासहित १११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले जनाएको छ।
प्रतिपक्षी दलको बहिष्कारबीच मधेश प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले कालोपत्रेबाहेकका काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरेको छ।
दाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा बगेर दुई किशोरको मृत्यु भएको छ।
पुल बगाएपछि तत्कालका लागि कञ्चनजंगा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ।
करेन्ट लागेर रुकुम पश्चिम र नवलपरासीमा गरी दुई जनाको मृत्यु भएको छ।
कर घटाउने सम्झौता र व्यापार युद्धविरामपछि जुनमा चीनको अमेरिकातर्फ निर्यात पूर्वानुमानभन्दा बढी भयो। यद्यपि, विज्ञहरूले आगामी दिनमा निर्यात वृद्धि सुस्त हुने अनुमान गरेका छन्।
सोमबार नेप्से परिसूचक ३५.०९ अंक अर्थात् १.२७ प्रतिशतले घटेर २७२५.७१ को विन्दुमा कायम भएको छ।
नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत झ्याप्लेखोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्याएको क्षतिपछि अहिले सडक पुनर्निर्माण र पहिरो रोकथामको काम सँगसँगै भइरहेको छ।
प्रहरीले ओभरलोडिङलाई दुर्घटनाको कारण बताएको छ भने चालकले विपरीत दिशाबाट आएको कारबाट जोगिन खोज्दा लरी अनियन्त्रित भएको बयान दिएका छन्।
प्रतिनिधिसभामा सांसदले गण्डक सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी उपलब्ध गराउन, सिँचाइको अभावले तराई/मधेशमा रोपाइँमा आएको कमी र खाद्य अभावको जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बाजुराको बुढीगंगा नगरपालिकास्थित बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ।
इटालीका सिनरले स्पेनिस खेलाडी कार्लोस अल्काराजलाई हराउँदै पहिलो पटक विम्बल्डन उपाधि जितेका हुन्। यो हारसँगै अल्काराज विम्बल्डनमा उपाधि ह्याट्रिक गर्नबाट चुकेका छन्।