चितुवाको आक्रमणमा परी रुपा गाउँपालिका–४ का २८ श्रीकृष्ण मल्ल र राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीले चितुवा नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन्।
गुगल, अमेजनजस्ता कम्पनीले प्रतिस्पर्धी बन्न र खर्च कटौतीमा सन्तुलन मिलाउन संघर्ष गरिरहेका बेला मेटाले पनि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। मेटाले यसअघि खुलाएको ५ हजार जनाको आवेदनसमेत रद्द गरेको छ।
नाका खुलेसँगै बुधबारदेखि विभिन्न देशका पर्यटकले चीन भ्रमणका लागि भिसा प्रक्रिया शुरू गर्न पाउने छन्। कोभिड महामारी फैलिएपछि चीनले २०२० को मार्च २८ देखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो।
एन्फाले प्रवेश कटुवाललाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक र विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ।
नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको छ। एसोसिएट राष्ट्रमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड १२औँ, नेदरल्यान्ड १४औँ र ओमान १५औँ स्थानमा छन्।
हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने कान्छो खेलाडी र सबैभन्दा छिटो ३० गोल गर्ने खेलाडीसमेत बनेका छन्।
उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार छन्। प्रमिलाकुमारीले भने आफ्नो समर्थन यादवलाई रहने घोषणा गरेकी छन्।
कोशी, बागमती र गण्डकी प्रदेशमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार लघुवित्तको निष्क्रिय कर्जा पछिल्लो ६ महिनाको अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको छ।
विशेष अदालतले यातायात व्यवस्था कार्यालय इटहरी कोशीका तत्कालीन उपसचिव रमेशप्रसाद दाहालसहित ८ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ।
'ए' डिभिजन लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ भने संकटा क्लब र चर्च ब्वाइजले अंक बाँडेका छन्।
अमेरिकी सिलिकन भ्याली बैंकमा देखिएको वित्तीय संकटको असर युरोप र एशियामा समेत देखिएको छ। वित्तीय प्रणाली सुरक्षित गर्ने राष्ट्रपति बाइडेनको आश्वासनले पनि सेयर बजार गिरावट रोकिएको छैन।
२५५ वटा कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ।
अर्थसचिव तोयम रायाले सन् २०२६ सम्म नेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुक बन्ने प्रक्रियामा रहेको बताएका छन्।
प्रदर्शनकारीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।
प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने भएको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
अमेरिका, बेलायत र अस्ट्रेलियाले चीनलाई चुनौती दिन न्युक्लियर क्षमताको अत्याधुनिक पनडुब्बी बनाउनेसम्बन्धी नयाँ योजना सार्वजनिक गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगलाई तर्साउने, धम्क्याउने काम भइरहेको बताएका छन्।
ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीले राष्ट्र बैंक अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन्।