पोखरा महानगरपालिकाले सूचनामार्फत मुख्य स्थानका सडक छेउमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गरेको जनाएको छ।
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महान्यायाधिवक्ताको कार्यालयले मुद्दाका साक्षीको संरक्षण तथा सुरक्षासम्बन्धी छुट्टै कानून बनाउनसमेत सुझाव दिएको छ।
प्रधानमन्त्री दाहालसहित शीर्ष नेताहरूसँगको भेटमा नेपालमा अमेरिकी लगानी भित्राउने प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेलगायतका विषयमा कुराकानी गरेको उपविदेशमन्त्री नुल्यान्डले बताएकी छन्।
गुस्टोलाई अनुबन्ध गरेको चेल्सीले अर्जेन्टिनाका सेन्टर मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउने तयारी गरेको छ।
राजश्वको दायरा फराकिलो पार्ने, राष्ट्रिय सम्पत्ति र स्रोतको सिर्जना गर्ने र आन्तरिक उत्पादनमा वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेर स्रोत र खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।
संसद् भवनअगाडि आफैँलाई आगो लगाएर ज्यान गुमाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको मृत्यु सम्बन्धमा प्रहरीले मीनबहादुर गुरुङसँग सोधपुछ गरेको छ।
शहीद दिवस
प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरी विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाउन लागिएको हो।
पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ भने १५० जना घाइते भएका छन्।
सन् २००८ मा शुरू भएको अन्तर्राष्ट्रिय करियरमा मुरलीले ६१ टेस्ट, १७ एकदिवसीय र ९ टी-२० खेलेका छन्।
उपाध्यक्ष महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री दाहालले निर्णय गर्ने भएकाले पार्टीभित्र प्रवेश नै नगराइएको बताएका छन्।
मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले सरोकार पक्षका मागलाई ध्यानमा राखेर सूचना वर्गीकरणको प्रस्ताव परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति पदका लागि बदलिएको नयाँ परिस्थितिअनुसार सहमति खोजिनु पर्ने बताएका छन्।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्।
राष्ट्रपति निर्वाचनमा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ। सत्तापक्षले अगाडि सार्ने उम्मेदवार को हुने भन्ने सन्दर्भमा हाम्रो आन्तरिक समझदारी छ। हामी त्यही आधारमा अगाडि बढ्छौँ।
भेटमा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
३९ परिवारलाई घरबारविहीन बनाएर महानगरले त्यो ठाउँमा अहिले शौचालय बनाएको छ। त्यहाँ जात्रापर्व गर्ने मान्छे पनि विस्थापित भए। जनतालाई भएको अन्यायको विषयमा त मेयरले कुरा उठाउनुपर्ने हो नि।
प्राधिकरणले आज एक सूचना जारी गर्दै आगामी माघ मसान्तसम्म बाँकी बक्यौता रकम भुक्तानी गर्न यूटीएललाई निर्देशन दिएको हो।
अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो।