AnonymousUser

Logout

वायु प्रदूषणले सरदर नेपालीको आयु साढे ३ वर्ष घटाउँदै: विश्व बैंक

वायु प्रदूषणका कारण सरदर नेपालीको आयु साढे तीन वर्षले घटिरहेको र हरेक वर्ष करिब २६ हजार मानिसको अकालमै ज्यान गइरहेको प्रतिवेदनमा उल्लेख छ।

भरतपुर अस्पतालमा चिकित्सकको धर्ना

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै आइतबार भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन्।

भारतमा रोयटर्सको ‘एक्स ह्यान्डल’ बन्द

कानूनी मागका कारण रोयटर्सको एक्स ह्यान्डल बन्द गरिएको एक्सले जनाएको छ। तर कस्तो खाले कानूनी माग हो भन्नेबारे खुलाइएको छैन।

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उज्वेकिस्तानसँग नेपालको हार, एशियन कपमा छनोट हुन सकेन

घरेलु टोली उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो। हारसँगै नेपाल एशियन कप खेल्नबाट वञ्चित भएको छ।

‘कुलिङ अफ पिरियड’ विवाद छानबिन गर्न विशेष समिति गठन गरिने

सभामुखसहित विभिन्न दलका मुख्य सचेतकसँगको बैठकले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रतिवेदनमा भएको गडबडीबारे छानबिन गर्न विशेष समिति गठन गर्ने निष्कर्ष निकालेको छ।

विभिन्न जिल्लाका ७ मुख्य सडक पूर्ण रूपमा अवरुद्ध

प्रहरीका अनुसार, संखुवासभा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका मुख्य सडक पूर्ण रूपमा बन्द छन्।

कराँचीमा भवन भत्किँदा १६ जनाको मृत्यु, २० भन्दा बढी फसेको अनुमान

पाकिस्तानको कराँचीस्थित लियारीमा एउटा भवन भत्किँदा १६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ।

टौवास खोलाले बगाउँदा १ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा वीरगन्जका एक पुरुषको मृत्यु भएको छ।

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभावको समस्या उस्तै

गत वर्ष यति बेला झापामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ।

टेक्सासमा बाढीका कारण २५ जनाको मृत्यु, २३ बालिका सम्पर्कविहीन

अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने अन्य २३ जना बालिका सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू१६ इस्ट जोन कपको उपाधि 

जितका लागि पाएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। जोय थापाले अविजित २४ रन बनाए।

सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। 

चेल्सी क्लब विश्वकपको सेमिफाइनलमा 

चेल्सीले फाइनल प्रवेशका लागि मंगलबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा फ्लुमिनेन्सको सामना गर्नेछ।

पाँच प्रदेशमा धेरै भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

देशभर आंशिकदेखि साधारणतया बदली बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मधेश प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने अद्यावधिक आकलन

जल तथा मौसम विज्ञान विभागले तीन महिनामा मधेश प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक गरेको छ।

ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकारपछि रुसले किभमाथि तीव्र पार्‍यो ड्रोन आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि रुसले युक्रेनसँग कूटनीतिक समाधानको सम्भावना नरहेको बताउँदै किभमा हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण थालेको छ।

बीपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

बढ्दो बाढीपहिरोको जोखिमका कारण बीपी राजमार्गको काभ्रे खण्डमा आगामी आइतबारदेखि एक महिनासम्म राति साढे दश घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।

प्रधानमन्त्री ओली राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।