एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
दुर्घटनास्थलमा अहिले पनि खोजतलास र उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी र उद्धार गरिरहेका हुन्।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान खुलेको छ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको छ।
राष्ट्रपति भण्डारीले ट्विट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छन्।
यती एयरको विमान दुर्घटनापछि स्थगित भएको हवाई उडान नियमित भएको पोखरा विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान दुर्घटनामा परेको विमानमा चार जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान दुर्घटनामा परेको विमानमा चार जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए।
भेटिएका मध्ये ३० जना यात्रुको शव गण्डकी अस्पताल पुर्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए।
कर्णाली प्रदेशसभाको बैठकले सभामुखमा नन्दा गुरुङलाई बहुमतले निर्वाचित गरेको हो।
बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाँच आयोग गठन गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल भएकी थिइन्। दुर्घटनामा परेर श्रीमानको मृत्यु भएको १६ वर्षपछि उनी पनि दुर्घटनामा परेकी छन्।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम स्थगन गरिएको बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट ९एनएएलएक्स र ९एनएएलए हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ।
दुर्घटनास्थलमा अत्यधिक भिड हुँदा उद्धारमा समस्या भएको छ भने ट्राफिक समेत अस्तव्यस्त भएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी पत्नी डा. सोना दिवाकर र बच्चासमेत विमान दुर्घटनामा परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।
दुर्घटनामा परेको यती एयरलाइन्सको विमानले गत पुष ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक डेमो उडान गरेको थियो।
पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
विमानमा लागेको आगो नियन्त्रणमा आएको छैन।