किसानको जीवनस्तर उकास्न सरकारी अनुदानमा शुरू भएका योजना कसरी राज्यकोषको पैसा दुरुपयोग र अपचलन गर्ने माध्यम मात्र बने भन्ने बाँकेमा अलपत्र परेका कृषि संरचनाले छर्लङ्ग पार्छन्।
सरकारले ५ लाख बाँकेवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन शुरू गरेका आयोजनामा राज्यकोषबाट करिब १ अर्ब खर्च भइसकेपछि आयोजना नै अलपत्र परेका छन्। यसले हाम्रा विकास योजनाको यथार्थ छर्लंग बनाएको छ।