कलिलैमा बालबालिकालाई अपराधमा धकेल्न पारिवारिक विखण्डन, मानसिक तनाव र कमजोर सामाजिक संरक्षण मुख्यरूपमा जिम्मेवार छन्। उनीहरूलाई जोगाउनुपर्ने परिवार, समुदाय र राज्य कहाँ चुकिरहेका छन्?
नेपालगन्जमा ३३ करोड खर्च गरेर बनाइएको सिटी हल र २९ करोड लागतमा निर्माण गरिएको होल्डिङ सेन्टर प्रयोगमै नआउनुले हाम्रा संरचना र पूर्वाधार कति हचुवामा बनाइन्छन् भन्ने छर्लंग पार्छ।
किसानको जीवनस्तर उकास्न सरकारी अनुदानमा शुरू भएका योजना कसरी राज्यकोषको पैसा दुरुपयोग र अपचलन गर्ने माध्यम मात्र बने भन्ने बाँकेमा अलपत्र परेका कृषि संरचनाले छर्लङ्ग पार्छन्।
सरकारले ५ लाख बाँकेवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन शुरू गरेका आयोजनामा राज्यकोषबाट करिब १ अर्ब खर्च भइसकेपछि आयोजना नै अलपत्र परेका छन्। यसले हाम्रा विकास योजनाको यथार्थ छर्लंग बनाएको छ।