सामाजिक सञ्जाल र अन्य विद्युतीय 'प्लाटफर्म'मा अनधिकृत पहुँच र दुरुपयोगबाट हुने अपराध हरेक वर्ष बढिरहेको छ। प्रयोगकर्ता सचेत हुँदा यस्ता अपराधबाट जोगिन मद्दत पुग्ने विज्ञहरू बताउँछन्।
काठमाडौँ महानगरले सडकपेटी सुधार र मर्मतको अभियान थालेपछि अपाङ्गता भएकाहरूलाई पनि हिँड्न सहज हुँदैछ। तर कतिपय ठाउँमा सडकपेटीमै बनाइएको विभिन्न भौतिक संरचनाका कारण अवरोध कायम छ।
ललितपुर महानगर-१८ का किसानलाई दूध बिक्रीमा समस्या छैन, वरिपरिकै माग पुर्याउन मुस्किल छ। तर शहरी क्षेत्रमा गाई पाल्नै मुस्किल छ। यो समस्या बुझेर वडा कार्यालयले थालेको सहयोगबाट किसान खुशी छन्।
चन्द्रागिरि नगरपालिकाको प्रत्येक वडामा एकभन्दा बढी ज्येष्ठ नागरिक क्लब सञ्चालनमा छन्। हरेक क्लबलाई पालिकाले वार्षिक आठ लाख रुपैयाँ बजेट पनि व्यवस्था गरेको छ।
सबैभन्दा धेरै सम्बन्धविच्छेदका घटना बागमतीमा र सबैभन्दा न्यून मधेश प्रदेशमा भएका छन्। जीविकोपार्जनको शैलीमा आएको परिवर्तन, बसाइँसराइ, सामाजिक सञ्जालमा पहुँचलगायत कारण घटना बढेको विज्ञहरू बताउँछन्।
२०७२ सालको विनाशकारी भूकम्पले हल्लाएर पनि ढाल्न नसकेका अग्ला घरहरू अर्को भूकम्प आउँदा नढलून् भनेर होचो पारिएका थिए। तर यसपालि वनबाट सल्केको डढेलोले पहिले जोगिएका १५ घर एकैछिनमा सिध्यायो।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर वार्षिक चार अर्ब ३० करोड टन प्लास्टिक उत्पादन हुने गर्छ। त्यसमध्ये वर्षमा एक करोड ९० लाखदेखि दुई करोड टनसम्म प्लास्टिक फोहोरका रूपमा वातावरणमा आउँछ।
काठमाडौँ उपत्यकाका फार्महरूमा जग्गाको भाडाकै कारण लागतमूल्य बढ्ने, तर बजारमूल्य भने त्यसअनुसार नपाइने कारण कृषकहरू पेसाबाट विस्थापित भइरहेका छन्।
झिमरुकमा उत्पादित कृषिउपजको बिक्रीस्थल छिमेकी माण्डवी गाउँपालिकाको चकचके बजार र प्युठान नगरपालिकाको बाग्दुला हो। तर दुवै व्यापारकेन्द्र बाहिरबाट आउने उत्पादनले भरिँदा स्थानीय किसानले बजार पाएका छैनन्।
अहिले कपडा रंगाउन प्रयोग हुने वस्तु अचाक्ली महँगिएको छ। हर्रो, बर्रो, खैर, पदमचाल, मजिटो, ओखरको बोक्रा, गुलाफको फूल, प्याजको बोक्रा लगायतका कच्चा पदार्थ पहिला सस्तो थियो।
गौशालामा रहेका ४५० गाईको गोबर आसपासको बारीमा सागसब्जी उमार्न प्रयोग हुने रहेछ। यहाँ आउने दर्शनार्थीलाई पस्किने सात्त्विक भोजनमा यहीँ उब्जनी भएको सागसब्जी पस्किइँदो रहेछ। तर हामीलाई त्यो अवसर जुरेन।
दूरदराजसम्म सडकको पहुँच पुगेसँगै स्थानीय जनजीवन सहज भएको छ। पहिले पैदल हिँड्नुपर्ने गाउँठाउँमा पक्की सडक बनेसँगै आवतजावत गर्न साना सवारी प्रयोग हुन थालेका छन्।
ललितपुरको महाकांल गाउँपालिकामा सडक पुगेपछि धमाधम खुवा उद्योग खुले। किसानलाई दूध नबिकेर घिउ बनाउनुपर्ने बाध्यता भएन। कोम्रोङ र आसपासका किसान अहिले टिनमा घिउ बोकेर चापागाउँ धाउँदैनन्।
पहिले स्थानीय ऊन कातेर घरमै हातले बुनेका फेटा बाँध्ने परम्परा थियो। तर त्यो जीवनशैली क्रमश: इतिहास बन्दै छ।
काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।
अनियन्त्रित रूपमा आयात भएको भारतीय फूलका कारण नेपाली किसानले यसपालि तिहारमा आफ्नो उत्पादनको लागतसमेत उठाउन नसकेको पुष्प व्यवसायीहरू बताउँछन्।
मुगु जिल्लाकै अग्लो स्थानमा रहेको स्टेसन हो मुर्मास्थित रिले स्टेसन। २०० किलोवाट क्षमताको सोलार पावरबाट सञ्चालित यो स्टेसन कर्णालीको एक मात्र सोलार बत्तीजडित रेडियो स्टेसन हो।
लामो दूरीका सवारी साधनहरू तीव्र गतिमा गुड्ने देशकै मुख्य राजमार्गमा यसरी छोडिएका चौपायाले आफैँ जोखिममा रहेर सवारी दुर्घटनाको खतरा पनि निम्त्याइरहेका छन्।
दशैँअघि उपत्यकाबाट बाहिरिने बस र विमानमा भरिभराउ भएर गएकाहरू पर्वको पारिवारिक जमघट सकिएलगत्तै काठमाडौँ फर्किंदा यता आउने यातायातका साधनहरू उसरी नै खचाखच देखिन्छन्।
बागमती किनारमा सयौँको संख्यामा मानिसहरू लहरै बसेर खाना खाइरहेका थिए। खाना खाइसकेकाहरू टीका, जमारा र दक्षिणा थापेर बाटोतर्फ लाग्दै थिए।