AnonymousUser

Logout

महिला क्रिकेटः सुधारियो, तर नतिजाविहीन

कुनै समय टी–२० मा १२० रन कटाउन मुस्किल पर्ने नेपाली महिला टोलीको ब्याटिङ पछिल्लो समय सुधारिएको छ। तर बनाएको रन जोगाउन वा लक्ष्य पछ्याउन अन्तिम समयमा चुकिरहेको छ।

कालापत्थरमा अमेरिकी रेस्लरलाई पछारेकी भगवती

भगवती जीवनभर कुनै न कुनै रूपमा रेस्लिङसँगै जोडिन चाहन्छिन्। अत्याधुनिक लाइट, प्रोजेक्टर र पूर्वाधारसहितको आकर्षक रिङ बनाएर नवयुवालाई रेस्लिङमा अवसर दिने उनको योजना छ।

आइकोनिक प्लेयरः मौका पाउनै मुस्किल

नयाँ खेलाडीलाई एनपीएल खेल्ने सपना साकार पार्ने एउटा ढोका ‘ट्यालेन्ट हन्ट’ हो। यसरी छनोट हुन चर्को प्रतिस्पर्धा त हुन्छ नै, छानिएर आइकोनिक खेलाडी भएपछि अन्तिम–११ मा पनि कमैले मौका पाउँछन्।

एनपीएलमा लय समातेका खेलाडीले विश्वकप टोलीमा पाउलान् मौका?

एनपीएलको दोस्रो संस्करण सम्पन्न भएसँगै यसमा उच्चस्तरको प्रदर्शन गरेका खेलाडीहरूले आउँदो टी२० विश्वकप प्रतियोगिताका लागि राष्ट्रिय टोलीको ढोका ढकढक्याएका छन्।

१०औँ राष्ट्रिय खेलकुदको छैन टुंगो, संघ र प्रदेश एक–अर्कातिर सोझ्याउँछन् औँलो

सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार लगभग तयार छन्, खेलाडी पनि प्रतीक्षामा छन्। तर मिति नै घोषणा हुन नसकेको दोष संघ र प्रदेशका खेल निकाय एक–अर्कातिर तेर्साइरहेका छन्।

दृष्टिविहीन महिला क्रिकेटले तय गरेको विश्वकप फाइनल यात्रा

आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्‍यो।

एनपीएलमा विदेशी खेलाडीको दबदबा, लयमा फर्किंदै नेपाली

एनपीएलका १० खेल सकिँदा नेपालीभन्दा विदेशी खेलाडीको प्रदर्शन उत्कृष्ट देखिएको छ। ब्याटिङतर्फ धेरै रन बनाउने शीर्ष ५ मा तीन जना विदेशी छन्, बलिङतर्फ भने धेरै विकेट लिने शीर्ष ५ मा तीन नेपाली छन्।

एनपीएल दोस्रो सिजन खेल्ने यी विदेशी खेलाडी

पहिलो सिजन विदेशी खेलाडीको प्रदर्शन उपाधि होडमा निर्णायक बनेपछि एनपीएलको दोस्रो सिजनमा सबैजसो टोलीले विदेशी खेलाडी भित्र्याउन सक्दो बाजी लगाए। आठ टोलीबाट खेल्ने विदेशी खेलाडी को कस्ता छन्?

नेपाली क्रिकेटको नियतिः छोटो स्वरूपमा सफलता, ओडीआई मान्यतामा चुनाैती

सन् २०२६ को टी२० विश्वकपमा स्थान पक्का गरेको एक सातापछि ओडीआई खेल्न दुबई पुगेका नेपाली क्रिकेटरले अमेरिकाविरुद्ध मुस्किलले डेढसय रन कटाए। यसले लामो स्वरूपको क्रिकेटमा संकटको ऐना देखाएको छ।

चुस्कीमा उद्यम

घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। राजधानीबाट शुरू भएको ‘चिया ट्रेन्ड’ देशका प्रमुख शहरतिर पनि बिस्तार हुँदै छ।

सिंहदरबारका यी कार्यालय सहयोगी जसले आगोबीच देखाए अदम्य साहस

भदौ २४ गते सिंहदरबार जलिरहँदा त्यहाँभित्रका कैयौँ महत्त्वपूर्ण संरचना, अभिलेख र सम्पत्ति जोगिए। त्यसका पछाडि मूलतः त्यहाँका कार्यालय सहयोगीहरूले देखाएको साहस जोडिन्छ जसले आगोसँग पौँठेजोरी खेले।

सिंहदरबारमै सुरक्षित हुने ‘विश्वास’मा खरानी भए ६७० सवारीसाधन

जेन-जी आन्दोलन हिंसात्मक बनेपछि त्यो दिन सरकारी कर्मचारीलाई गाडी सिंहदरबारमै राख्न निर्देशन दिइएको थियो। त्यहीकारण कतिपयले निजी गाडी पनि सिंहदरबारमै छाडेका थिए, तर ती सबै खरानी भए।

भाटभटेनी वेरहाउस बचाउने दाजु–बहिनी

‘अब हामीले केही न केही गर्नुपर्छ। आगो निभाउनुपर्छ र बचाउन सकिने सामान बाहिर निकाल्नुपर्छ,’ भनेर भाइकाजीले भनेपछि वेरहाउसका कर्मचारी पनि हौसिए र थप स्थानीय पनि सहयोगमा जुटे।

जेनजी आन्दोलन

आन्दोलन त रोकियो, न्याय खोजिरहेछन् परिवार र आफन्त

जेनजी आन्दोलनको उथलपुथलले सरकार–संसद् विघटन भएर गैरदलीय अन्तरिम चुनावी सरकार बनेको छ, दलहरू दर्शकदीर्घामा पुगेका छन्। यो आन्दोलनमा प्रियजन गुमाएका परिवार–आफन्त भने सोधिरहेछन्– हामीलाई न्याय कहिले मिल्छ?

भलिबल खेल्न रोल्पादेखि काठमाडौँ, राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउँदै सलिना

सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। अनि १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्।

घरेलु क्रिकेटमा जन्मिँदैछन् प्रतिभा, तर लय गुमाएका खेलाडीमै भर!

पछिल्लो ६ महिनामा चार वटा घरेलु प्रतियोगिता हुँदा राष्ट्रिय टोलीका खेलाडीहरू लयमा फर्किन संघर्षरत थिए। केही ‘अनक्याप्ड’ खेलाडीको प्रदर्शन भने अब्बल थियो, तर तिनै खेलाडी किन छुटे स्कटल्यान्ड भ्रमणमा?

विश्वमा बिरलै देखिने तुलबहादुरको बलिङ शैली, राष्ट्रिय टोलीमा पर्न संघर्षरत

भारतका कुलदीप यादव वा दक्षिण अफ्रिकाका तब्रेज साम्सीको शैलीमा बलिङ गर्ने क्रिकेटर नेपालको राष्ट्रिय टोलीमा कोही छैनन्। त्यही शैलीका बलर तुलबहादुर थापा देशको प्रतिनिधित्व गर्ने अठोटमा छन्।

कापीमा लक्ष्य लेखेर मैदान उत्रिने क्रिकेटर नरेन

एनपीएल अक्सनअघि नरेन क्रिकेट छाड्ने सोचमा पुगिसकेका थिए। आफन्त र परिवारले ‘अब खेलेर केही हुँदैन’ भन्न थालेका थिए। उनी आफै पनि कोरिया जान सुटुक्क कोरियन भाषा सिकिरहेका थिए।

‘टहरो भत्काइदिए, ठेला खोसे, अझै लखेटिरहन्छन्’

फूलमाया तामाङ रामेछापबाट साढे तीन दशकअघि काठमाडौँ आइन् र सानोतिनो व्यापारमा लागिन्। टहरोको व्यापार ठेलागाडा हुँदै थमर्सको चियामा खुम्चिएको छ। त्यही थर्मस जोगाउन पनि प्रहरीसँग लुकामारी चल्छ।

नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाउने नेगी गुरु

यस वर्षको पेरिस पारलम्पिकमा पलेशा गोवर्द्धनले नेपाललाई पहिलो ओलम्पिक पदक दिलाइन्। त्यो सफलताका पछाडि कर्मयोगी नेगी गुरुको योगदान अतुलनीय छ।