पहिलो सिजन विदेशी खेलाडीको प्रदर्शन उपाधि होडमा निर्णायक बनेपछि एनपीएलको दोस्रो सिजनमा सबैजसो टोलीले विदेशी खेलाडी भित्र्याउन सक्दो बाजी लगाए। आठ टोलीबाट खेल्ने विदेशी खेलाडी को कस्ता छन्?
सन् २०२६ को टी२० विश्वकपमा स्थान पक्का गरेको एक सातापछि ओडीआई खेल्न दुबई पुगेका नेपाली क्रिकेटरले अमेरिकाविरुद्ध मुस्किलले डेढसय रन कटाए। यसले लामो स्वरूपको क्रिकेटमा संकटको ऐना देखाएको छ।
घरको भान्सा र पाहुनाको स्वागतमा सीमित चियाले पछिल्ला केही वर्षमा उद्यमको नवीन रूप लिएको छ। राजधानीबाट शुरू भएको ‘चिया ट्रेन्ड’ देशका प्रमुख शहरतिर पनि बिस्तार हुँदै छ।
भदौ २४ गते सिंहदरबार जलिरहँदा त्यहाँभित्रका कैयौँ महत्त्वपूर्ण संरचना, अभिलेख र सम्पत्ति जोगिए। त्यसका पछाडि मूलतः त्यहाँका कार्यालय सहयोगीहरूले देखाएको साहस जोडिन्छ जसले आगोसँग पौँठेजोरी खेले।
जेन-जी आन्दोलन हिंसात्मक बनेपछि त्यो दिन सरकारी कर्मचारीलाई गाडी सिंहदरबारमै राख्न निर्देशन दिइएको थियो। त्यहीकारण कतिपयले निजी गाडी पनि सिंहदरबारमै छाडेका थिए, तर ती सबै खरानी भए।
‘अब हामीले केही न केही गर्नुपर्छ। आगो निभाउनुपर्छ र बचाउन सकिने सामान बाहिर निकाल्नुपर्छ,’ भनेर भाइकाजीले भनेपछि वेरहाउसका कर्मचारी पनि हौसिए र थप स्थानीय पनि सहयोगमा जुटे।
जेनजी आन्दोलन
जेनजी आन्दोलनको उथलपुथलले सरकार–संसद् विघटन भएर गैरदलीय अन्तरिम चुनावी सरकार बनेको छ, दलहरू दर्शकदीर्घामा पुगेका छन्। यो आन्दोलनमा प्रियजन गुमाएका परिवार–आफन्त भने सोधिरहेछन्– हामीलाई न्याय कहिले मिल्छ?
सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। अनि १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्।
पछिल्लो ६ महिनामा चार वटा घरेलु प्रतियोगिता हुँदा राष्ट्रिय टोलीका खेलाडीहरू लयमा फर्किन संघर्षरत थिए। केही ‘अनक्याप्ड’ खेलाडीको प्रदर्शन भने अब्बल थियो, तर तिनै खेलाडी किन छुटे स्कटल्यान्ड भ्रमणमा?
भारतका कुलदीप यादव वा दक्षिण अफ्रिकाका तब्रेज साम्सीको शैलीमा बलिङ गर्ने क्रिकेटर नेपालको राष्ट्रिय टोलीमा कोही छैनन्। त्यही शैलीका बलर तुलबहादुर थापा देशको प्रतिनिधित्व गर्ने अठोटमा छन्।
एनपीएल अक्सनअघि नरेन क्रिकेट छाड्ने सोचमा पुगिसकेका थिए। आफन्त र परिवारले ‘अब खेलेर केही हुँदैन’ भन्न थालेका थिए। उनी आफै पनि कोरिया जान सुटुक्क कोरियन भाषा सिकिरहेका थिए।
फूलमाया तामाङ रामेछापबाट साढे तीन दशकअघि काठमाडौँ आइन् र सानोतिनो व्यापारमा लागिन्। टहरोको व्यापार ठेलागाडा हुँदै थमर्सको चियामा खुम्चिएको छ। त्यही थर्मस जोगाउन पनि प्रहरीसँग लुकामारी चल्छ।
यस वर्षको पेरिस पारलम्पिकमा पलेशा गोवर्द्धनले नेपाललाई पहिलो ओलम्पिक पदक दिलाइन्। त्यो सफलताका पछाडि कर्मयोगी नेगी गुरुको योगदान अतुलनीय छ।
काठमाडौँमा सिकेको सीप लिएर सेवा गर्न गाउँ फर्केका थिए ङावाङ। त्यसलगत्तै जंगलमा घाँस काट्न चढेको रूखबाट लडे। पुराना सपना त्यहीँ बिथोलिए पनि उनले नयाँ सपनाको उडान पछ्याए।
सगरमाथाको क्याम्प–४ भन्दा माथि १५–२० वर्षदेखिका शवहरू असरल्लै देखेपछि पटकपटक रिदरको मथिङ्गल हल्लिएको थियो। सन् २००१ मा त आफैँले एउटा शव तल झार्नुपर्दा आफ्नो भविष्य सम्झेर चिन्तित भएका थिए।
घण्टाघरलाई पुरानै अवस्थामा फर्काएर घडी चलाउने कुरामा अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि चासो देखाएका छैनन्।
सामान्यतः राति अरूको सुत्ने बेला हुँदा भद्रकुमारी घले उठ्छिन्। त्यसपछि शुरू हुन्छ लेखन यात्रा। उनको कलम रातभरि चलिरहन्छ। जब उज्यालोका किरण झर्छन् र मान्छेहरू कल्याङमल्याङ गर्छन्, उनको कलम बन्द हुन्छ।
काभ्रेको रोशीमा पर्ने सानोपोटा गाउँ नै खरानी भएको १६ दिन बितिसक्दा अधिकांश पीडितले टहरोसमेत बनाउन सकेका छैनन्। राहतमा आएका सामग्री पनि राख्ने ठाउँ नभएको उनीहरूको गुनासो छ।
२०७२ सालको विनाशकारी भूकम्पले हल्लाएर पनि ढाल्न नसकेका अग्ला घरहरू अर्को भूकम्प आउँदा नढलून् भनेर होचो पारिएका थिए। तर यसपालि वनबाट सल्केको डढेलोले पहिले जोगिएका १५ घर एकैछिनमा सिध्यायो।
हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।