बृहत् नेपाली शब्दकोषले २०७९ साल समापन हुँदैगर्दा ‘ढोक्सा’लाई वर्ष–शब्द घोषणा गर्नुपर्छ, किनकि ओलीले प्रचलित बनाएको यो शब्दले राजनीतिक, सामाजिक र भाषिक वृत्तमा अद्भूत तहल्का मच्चायो र हलचल ल्याउँदै छ।
हाम्रा अपेक्षा धेरै हुँदैनन्। कसैले आफैँले खनेको खाल्डो पुर्दा वाहवाही कमाउँछ, गाडी लेनमा चल्दा अचम्म हुन्छ, सांसदले बोल्नैपर्ने कुरा बोल्दा धाप भेट्छ, सरकारी कर्मचारीले घुस नलिए मिसाल बन्छ।
तीन घण्टाभित्र बालुवाटारलाई कालोमोसो दल्दै बालकोटमा रंगोली बनाउन पुग्ने ल्याकत भएको अर्को कुनै नेता बाँकी छ नेपाली राजनीतिमा?