AnonymousUser

Logout

नेताहरूका घरमा किसानको देउसी भैलो (तस्वीरहरू)

पछिल्लो समय नेता, रोजगारदाता, पेसा–व्यवसायी संगठनका अगुवाहरूका घरघरमा पुगेर देउसी भैलो खेल्दै रमाइलो गर्ने प्रचलन बढेको छ। भक्तपुरमा किसानहरूले नेताहरूका घरमा देउसी भैलो खेलेका छन्।

मीठो खुवाएर यसरी गरियो गोठगोठमा गाईपूजा (तस्वीरहरू)

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

तिहारमा झिलिमिली काठमाडौँ (तस्वीरहरू) 

तिहार शुरू भएसँगै घर, व्यापारिक मल, पसल, सडक, मठमन्दिर पनि झिलिमिली बत्तिले सजिएका छन्।

पुग्ने होइन त पूर्णिमाको 'पोर्टरी' पसल?

कोभिड–१९ को महामारीका बेला 'लकडाउन' भएपछि त्यत्तिकै घर बसेर समय कटाउँदाको पट्यार भुल्ने उपायस्वरूप पूर्णिमाले 'पोर्टरी'मा लगाब बढाएकी थिइन्। 

तीव्र गतिका सवारीसाधन ‘स्पिड गन’को निशानामा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सडकमा गुडेका सवारीसाधनको गति लेजरयुक्त 'स्पिड गन' द्वारा टाढैबाट नाप्ने प्रविधिको प्रयोगमा तीव्रता ल्याएसँगै अत्यधिक गतिका सवारी साधन कारबाहीमा परिरहेका छन्।

गाउँमा दशैँ मानेर कर्मथलो काठमाडौँ फर्किनेको ताँती (तस्वीरहरू)

दशैँअघि उपत्यकाबाट बाहिरिने बस र विमानमा भरिभराउ भएर गएकाहरू पर्वको पारिवारिक जमघट सकिएलगत्तै काठमाडौँ फर्किंदा यता आउने यातायातका साधनहरू उसरी नै खचाखच देखिन्छन्।

हावामा कावा खाँदै चंगा (तस्वीरहरू)

पछिल्लो समय शहरीकरण बढेसँगै आकाशमा चंगा देखिन केही कम भएको छ। यद्यपि अझै पनि काठमाडाैँका आकाशमा चंगाहरू बयेली खेलिरहेका देखिन्छन्।

चचहुइ: पिङ खेल्दै रमाउँदै (तस्वीरहरू)

काठमाडाैँका विभिन्न ठाउँमा पिङ हालिएका छन्। चचहुइ भन्दै केटाकेटीहरू रमाइरहेका छन्।

महानवमीमा मात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुला गर्ने चलन छ। मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजन बिहानैदेखि लामबद्ध छन्।

चाँगुनारायणका किसानलाई धान भित्र्याउने चटारो (तस्वीरहरू)

वर्षाको पानीका कारण खेतमा हिलैहिलो भएकाले केहीलाई धान भित्र्याउन समय लाग्यो।

'चंगा चेट'को चार पुस्ता पुरानो विरासत (तस्वीर कथा)

दिनोज पेसामा यति इमानदार छन् कि नियमित आउने ग्रहकको लागि कागजको चंगा स्टकमा राखेर भए पनि खाली हात पठाउँदैनन्। दशैँतिहारमा मात्र नभई बाह्रै महिना चंगा बेच्नेमा पर्छन् उनी।

तामा पिटेर टिप्ली टल्काइरहेका ज्ञानेन्द्र (भिडियो कथा)

ज्ञानेन्द्रका अधिकांश ग्राहक विदेशी नागरिक नै हुन्। उनका अनुसार बौद्ध धर्म मान्ने नेपालीले पनि किन्छन्। तर उनले बनाएका धेरैजसो टिप्ली भारत र चीन जान्छन्।

जीवनले कल्पनै नगरेको मोड लिएपछि काष्ठकलामा चम्केकी कल्पना

कल्पना भन्छिन्- 'मैले बनाएका मूर्तिहरूबाट म मात्र होइन, यिनलाई लगेर घरघरमा सजाउने ग्राहकहरू पनि उत्तिकै खुशी छन्। यसरी आफ्नो पेसाको खुशी सबैलाई बाँड्ने सौभाग्य कमैलाई मात्र मिल्छ।'

पशुपतिमा दुनाटपरी गाँस्दा खुशी भेटिरहेकी गायत्री आमा (तस्वीर–कथा)

‘आफ्नै लगानी, आफ्नै पौरख र आफ्नै कमाइमा बाँच्न पाउनु जति रमाइलो जीवनमा अरू केही हुँदो रहेनछ।’

पुराना गीतसंगीतको 'डिजिटल' संग्रहालय अर्थात् नेपाल म्युजिक आर्काइभ (भिडियो कथा)

कुनै समय रिलमा गीत रेकर्ड गरेर क्यासेट बिक्री गरिन्थ्यो। अहिले ती क्यासेट र क्यासेट प्लेयर दुर्लभ छन्। यसरी रेकर्ड गरिएका गीतसंगीत हराउन नदिन नेपाल म्युजिक आर्काइभले डिजिटल संग्रहालय तयार गरिरहेको छ।

बज्दैनन् पशुपतिका घन्टी, रालो हराएको वर्षौंसम्म भएन मर्मत (भिडियो कथा)

पशुपति परिसर क्षेत्रमा भएका कतिपय घन्टीबाट रालो हराएको झण्डै एक दशक भइसकेको छ। तर फेरि रालो नराख्दा ती घन्टी आवाजविहीन भएका छन्।

थांका चित्रमा अथक लागिरहेका दिलबहादुरको कलायात्रा (तस्वीर/भिडियो कथा)

थांका चित्रका ग्राहक घट्नु भनेको व्यापारमा गिरावट आउनु र तत्कालको आयआर्जन खुम्चिनु मात्र होइन। यही निहुँमा धेरै कलाकारहरूले यो पेशा त्याग्दै गएकोमा ज्यादा चिन्तित छन् दिल।

आदिपुरुषको परकम्प: अधिकांश हल खाली (भिडिओ)

अहिले सिनेमा हलमा दर्शकको उपस्थिति निराशाजनक छ। अधिकांश हल आधाभन्दा कम दर्शकका भरमा चलचित्र प्रदर्शन गरिरहेका छन् भने टिकटबाट हुने आम्दानी उल्लेख्य मात्रामा घटेको छ।

तस्वीर कथा: नाटकमा बुद्ध र भिखारी

'बुद्ध र भिखारी' नैतिक कथामा आधारित कला स्याडो पपेट्री नाटक हो। एउटा भिखारी केही प्रश्नहरु बोकेर बुद्धलाई भेट्न हिँडेको यात्राको कथा यसमा छ।