AnonymousUser

Logout

सप्तरीमा साहुकार देवेन्द्र मिश्रको रजगज: मिटरब्याज असुल्ने, जग्गा पनि हत्याउने

बरमझियाका देवेन्द्र मिश्र त्यहाँको थारू बस्तीका एक्ला गैरथारू हुन्। तर तिनै थारूका जग्गा बन्धकी राखी मिटरब्याजमा ऋण लगाएर उनले धेरैको सम्पत्ति आफ्नो र परिवारको नाममा गराइसकेका छन्।

भारतमा मुख्यमन्त्रीहरूको बेलगाम बुलडोजरमाथि न्यायालयको लगाम

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बुलडोजर बाबा’ नै भन्न थालिएको थियो। कुनै अपराधका आरोपीको घर भत्काउन डोजर पठाउने आतंक अरू प्रान्तमा पनि थियो। नेपालमा समेत लोकरिझ्याइँका लागि यही सिको गरिँदैछ।

जनकपुरमा छात्रवृत्तिका विद्यार्थीसँग असुली, फिर्ताको निर्देशनपछि विद्यालय बन्द घोषणा

निजी विद्यालयहरूले छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि रकम असुलेपछि जनकपुरधाम उपमहानगरले त्यसलाई रोक्न पत्र पठाएको विरोधमा पठनपाठन बन्द गरेका कारण यहाँका करिब ३५ हजार विद्यार्थी तीन दिनदेखि घरैमा छन्।

रिपोर्टिङमै हल्लीखल्ली

केही बेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएन, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए।

धनुषामा तस्करबाट पैसा उठाउँछन् सशस्त्र र नेपाल प्रहरी, दुहबी नाका राजीव महासेठलाई सधैँ खुला

धनुषास्थित दुहबी नाकामा आवतजावत गर्ने साइकल, मोटरसाइकल तथा पिकअप भ्यानबाट पनि सशस्त्र र प्रहरीले पैसा असुल्छ। तर यो नाकाबाट सामान पास गराउने राजीव महासेठ खेपैपिच्छे पैसा तिर्दैनन्, मासिक बुझाउँछन्।

गाउँका महिलाको जीवन बदल्न खुलेको त्यो नाविके, अहिले आफै संकटग्रस्त

सोखले मिथिला चित्र कोरिरहेका महिलालाई सीप सिकाउँदै आर्थिक उपार्जनसँग जोड्न तीन दशकअघि खुलेको नारी विकास केन्द्र आफ्नै नेतृत्वको बदमासी र स्थानीय सरकारको बेवास्ताले बन्द हुन ठिक्क परेको छ।

संस्कृत पढाउने ११५ वर्ष पुरानो विद्यालयः आधुनिक पाठ्यक्रम, गुरुकुल शैली

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालयमा संस्कृतसँगै प्राविधिक र अन्य विषय पनि पढाइन्छ। तर छात्रावासमा संस्कृत पढ्ने विद्यार्थी मात्र बस्छन् र उनीहरूले पढाइसँगै आम्दानी पनि गरिरहेका छन्।

छात्रवृत्ति पाएका विद्यार्थीसँग मनोमानी शुल्क, जनकपुरधाम उपमहानगरबाट अनुगमन न कारबाही

जनकपुरधाम उपमहानगरले निजी विद्यालयमा कक्षा ११ र १२ पढ्न छात्रवृत्तिका लागि परीक्षा लिएरै विद्यार्थी छनोट गरेर पठाउँछ। तर ती विद्यार्थीसँग समेत पूरै शुल्क लिइरहँदा मेयर भन्छन्– निजी विद्यालयले टेरेनन्।

घुर्नीदेवीलाई लागेन दशैँ

एक महिनादेखि गोठको बसाइँले आजित भइसकेको घुर्नीदेवी बताउँछिन्। उनलाई पुनः घर फर्केर नातिनातिनीसँग समय बिताउन, घरधन्दामा सघाइदिन मन छ। तर बुहारीको व्यवहार सम्झेर घर फर्किन नचाहेको उनको भनाइ छ।

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय: पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।

साहुको नाकाबन्दीमा मुसहरीः बाटोमा बार, चापाकल नचल्ने बनाएर पानी बन्द

सिरहाको नरहा गाउँपालिकास्थित मुसहर बस्तीलाई साहुकार महेश यादवले नाकाबन्दी मात्र गरेका छैनन्, त्यहाँका चापाकल नचल्ने बनाइदिएका छन् भने शौच गर्न जाने ठाउँसमेत रोकेका छन्।

साहुको नाकाबन्दीमा मुसहरीः बाटोमा बार, चापाकल नचल्ने बनाएर पानी बन्द

सिरहाको नरहा गाउँपालिकास्थित मुसहर बस्तीलाई साहुकार महेश यादवले नाकाबन्दी मात्र गरेका छैनन्, त्यहाँका चापकल नचल्ने बनाइदिएका छन् भने शौच गर्न जाने ठाउँसमेत रोकेका छन्।

मोटरसाइकल चोरीको गढ बनिरहेको जनकपुर 

मधेश प्रदेशको राजधानी जनकपुरमा दुई महिनामै ६७ वटा मोटरसाइकल चोरीसँग सम्बन्धित जाहेरी प्रहरीमा दर्ता भएका छन्। यसबीचमा एकै दिन चार वटासम्म मोटरसाइकल चोरिएको रेकर्ड छ।

सशस्त्र प्रहरीको रासन भत्ता: कुकुरभन्दा पनि थोरै, २०३ रुपैयाँले पुर्‍याउनुपर्छ दुईछाक खाना र नास्ता

सुरक्षाकर्मीको दैनिक खान्कीका लागि छुट्याइने रासन भत्ता कति हुन्छ? काठमाडौँमा कार्यरत सशस्त्र प्रहरीहरूले पाउने दैनिक २०३ रुपैयाँ रासन भत्ता सोही संगठनमा कुकुरलाई छुट्याइएको रासन भत्ताभन्दा पनि कम हो।

चार वर्षदेखि मानव अधिकार आयोगले लुकाइरहेको त्यो प्रतिवेदन

प्रहरीले 'फेक इन्काउन्टर' गरेर नागरिकको हत्या गरिरहेको भन्दै लगातार उजुरी आउन थालेपछि मानव अधिकार आयोगले चार वर्षअघि छानबिन समिति बनाएको थियो। तर समितिको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन।

भ्रष्टाचार मुद्दा प्रभावित गर्ने भरत थापाको दाउः निकटस्थमार्फत् आफैविरुद्ध हाल्न लगाए लेनदेन मुद्दा

अख्तियारले ५ करोडभन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित बागमती नगरपालिकाका मेयर थापाले यो मुद्दा प्रभावित गर्न कसरी फर्जी मुद्दा दायर गराइरहेका छन्?

आयल निगमको कार्यालयभित्रै करारका कर्मचारीले किन गरे सहकर्मीको हत्या?

मिल्ने साथीको पहिचान बनाएका एकै कार्यालयमा कार्यरत करारका दुई कर्मचारीबीच कार्यस्थलमै विवाद, कुटपिट र हत्या भयो। पीडित परिवार घटनाको कारण थाहा पाउन ११ दिनदेखि प्रहरीको अनुसन्धान नतिजा पर्खिइरहेको छ।

‘फेक इन्काउन्टर’को फेक धन्दाः भारतीय प्रहरीको सिकोमा नेपाल प्रहरी!

सन् १९९३ को मुम्बई विस्फोटपछि भारतीय प्रहरीले फेक इन्काउन्टर श्रृंखला चलाउँदा १० वर्षमा १२ सयको हत्या भयो। त्यसपछि पनि यस्ता घटना रोकिएनन्। पछिल्लो समय नेपाल प्रहरीसमेत फेक इन्काउन्टर विवादमा फसेको छ।

पप्पु कन्स्ट्रक्सन संलग्न कमला पुलः निर्माणमै ‘कैफियत’, बजेट सकियो पुल चलेन

ठूला ठेक्कापट्टामा विवादित कम्पनी पप्पु कन्स्ट्रक्सन संलग्न कमला नदीको पुल निर्माणमा त्रुटिपूर्ण डिजाइनसँगै थुप्रै कैफियत देखिन्छन्। परिणाम, सिरहा र धनुषा जोड्ने पुल १३ वर्षदेखि सपनामै सीमित छ।

दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमर बम

अमर बमलाई दुबईको अदालतले मृत्युदण्ड दिएको २१ वर्षसम्म फैसला कार्यान्वयन नगरी जेलमा राखिएको छ। आफू निर्दोष भए पनि फर्किन नपाएको पीडा उनी फोनमार्फत परिवारसँग पोखिरहन्छन्। तर आश मारेका छैनन्।