बेँसीसहर नगरपालिका–३ स्थित लमजुङ दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावले काम हुन नसकेको विभागले जनाएको छ।
दक्षिण एशिया ऐतिहासिक विरासत, धार्मिक विविधता र सांस्कृतिक पहिचानमा जति धनी छ, त्यसमै पिल्सिएका महिलाको जीवन कहालीलाग्दो पनि छ। तारागाउँमा त्यसमै विद्रोहका स्वर फुकिरहेका महिला के गर्दै छन्?
हलेसीको संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरुयोजना निर्माण शुरू गरिएको छ। पुरातत्त्व विभागबाट आएका भूगर्भविद्को टोलीले सर्वेक्षण गरिसकेका छन्।
भक्तपुरको तौलाछेँ टोलस्थित एक हिटीबाट ४२ वर्षअघि चोरिएको पूर्ण कदको तारामूर्ति अमेरिकाको न्युयोर्कस्थित लिलामीगृहमा फेला परेको छ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्छन्।
शिरच्छेदित गणेशमा हात्तीको र दक्ष प्रजापतिमा बोकाको टाउको प्रत्यारोपण गर्ने पौराणिक कथा र मुटु प्रत्यारोपण गर्ने वर्तमान घटना सम्झँदा दिनघरि फ्रैन्क क्यापराको निर्माण हुन्न भन्न सकिँदैन।
मुखियाले मैनबत्ती भने निभाउन चाहेनन्। ‘एउटा वर्ष सकियो, बित्यो भनेर बितेको उमेरका नाममा क्यान्डल निभाउने गरिन्छ रे। आफैँ बल्दै र आफैँ सकिँदै गरेको क्यान्डल त बालिरहनुपर्छ नि, किन निभाउने?’
प्रदर्शनीमा भारत, नेपाल, श्रीलंका, पाकिस्तान र बांग्लादेशका कलाकारले आ–आफ्ना कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजा टोली पुग्न थालेका छन्। एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेका छन्।
खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डंगोलको नेवा शैलीको मौलिक घर जीर्ण अवस्थामा छ, जुन नेपालको पहिलो बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ।
शनिबार काठमाडौँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी दुई पुस्तकको विमोचन भएको थियो।
प्रदर्शनीस्थल प्रायः सफा र चिटिक्क हुन्छ, तर यहाँ अस्तव्यस्त सडककै रूप दिइएको छ। भुईंमा बिच्छ्याइएको त्रिपाल बागमति बनेर बगेको छ र त्यसको दाहिने काठमाडौँ तथा देब्रे ललितपुरका खाल्डाखुल्डी सडक छन्।
किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ। नेपाली भाषाका पाठक समक्ष पुग्न यस किताबले महत्त्वपूर्ण भूमिका खेल्ने बिष्टका सुपुत्र एवं पूर्वमन्त्री केशरबहादुर विष्टको विश्वास छ।
तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकले मगर, थकालीलगायत जातजातिको पोसाक लगाएर तस्वीर र भिडियो खिच्ने गरेका छन्।
माघे संक्रान्तिलाई लिम्बू समुदायले ‘कक्फेक्वा तङ्नाम’का रूपमा महत्वका साथ मनाउने गर्छन्। यस दिनदेखि लिम्बू समुदायको नयाँ वर्ष शुरू हुने गर्छ।
माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।
थारु समुदायले पनि यो पर्व विशेष रूपमा मनाउँदै छन्। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।
किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।
आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ।