मंगलबार र बुधबारको जात्रा विधिवत् पूजामामात्र सीमित हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ।
‘च्याब्रुङ खुशीको कथा भन्ने स्वर हो। च्याब्रुङ जातीय चेतनाको झंकार मात्रै होइन, हुँकार पनि हो।’
जात्राको समयमा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
इन्द्रजात्रामा लाखेलाई जिस्काउने बालपात्र हो, झ्यालिन्चा। जसले मजिपाजस्तो शक्तिशाली लाखेलाई आफ्नो हर्कतबाट हैरान बनाउँछ। अनि दर्शक त्यही हेर्न लालायित हुन्छन्।
आइतबार राति भएको ग्रान्ड फिनालेमा बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए।
सुदूरपश्चिम क्षेत्रको विशेष चाड मानिने गाैरा काठमाडाैँमा पनि विविध कार्यक्रम गरी मनाइएको छ।
सत्यमोहन जोशीसँग संयुक्त श्रेष्ठको संयोगको भेटले जन्मिएको एनिमेटेड फिल्म हो जय लाखे। संयुक्तलाई फिल्म बनाउनै आठ वर्ष लाग्यो, उनै सत्यमोहनलाई फिल्म देखाउने धोको भने पूरा भएन।
पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका स्थानीयले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन्।
कथा
साँझ पर्यो। मिराले आफ्नो ‘उत्कृष्ट’ सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरिन्, जसमा उनले ‘आजको सुन्दर मुड’ भनेर क्याप्सन लेखेकी थिइन्। केही मिनेटमै लाइक र कमेन्टको ओइरो लाग्यो।
चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।
विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले जनाएको छ।
ब्लु डायमन्ड सोसाइटीकी पिंकी गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले तिज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन्।
कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन्। सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरूसँगै काम गरिरहेका देखिन्छन्।
पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्किन सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
काठमाडौँ र ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाभित्र सांस्कृतिक सिर्जनात्मक उद्योग उत्थान सम्भाव्यता विषयको प्रतिवेदन सार्वजनिक भएको हो।
मिथिला आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ। त्यही कलालाई आर्ट भ्यालु जोडेर उनले नयाँ प्रयोग गरिरहेकी छन्।
अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौँको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।