AnonymousUser

Logout

गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ लोकार्पित

लेखकहरू यादव भट्टराई, मोहन मैनाली, अदिति शाह र लाठले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। पुस्तकमा नेपालको पुरानो शहर वीरगन्जको कथाव्यथा प्रस्तुत गरिएको छ।

रक्ष राईको पुस्तक ‘डायस्पोरा: अवधारणा र अभ्यास’ बजारमा

अवधारणा खण्डमा संक्षिप्त विश्व आप्रवासन, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोरा, अवधारणा, विधि र पद्धतिहरूका साथै नेपाली आप्रवासन र डायस्पोरा विषय समेटिएको छ। 

‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ पुस्तक सार्वजनिक

नेपाली लेखक पशुपति घिमिरेका अंग्रेजी भाषाका दुई पुस्तक ‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ प्रकाशित भएका छन्।

नेपालको परराष्ट्र सम्बन्ध: चन्द्रशमशेरदेखि महेन्द्रसम्मका विदेश नीतिका आयाम

अंग्रेजका दूत क्याप्टेन नक्स नेपालको आवासीय दूत भएपछि नेपाल–भारत–अंग्रेज सम्बन्धमा भएको आरोह अवरोहको पृष्ठभूमिमा गणतन्त्र भारतबाट आएका राजदूतहरूका गतिविधिको सफल शल्यक्रिया भएको छ।

उरमाल खोली हेर्दा

छुदेन काविमो यसपालि दार्जिलिङ पहाडका होइन, उत्तर बंगालको डुवर्सतिरका चियाबारी डुलेका छन्। जहाँ ७० प्रतिशतभन्दा अधिक जनसंख्या चिया श्रमिक छन्। उनी त्यतै भुलेका छन् र कथा टिप्दै उरमालमा हुलेका छन्।

किताब चर्चा : सत्ताको शक्ति सन्तुलनबिना लोकतन्त्र टिक्न सक्छ? (भिडियो)

अमेरिकी लोकतन्त्रको ऐतिहासिक विकास, वर्तमान चुनौती र यसको भावी दिशा के होला, नेपालजस्ता देशका लागि अमेरिकी लोकतन्त्रको सिकाइ के हुन सक्छ?

‘साहस महिला बेचबिखनबारे बुझ्न प्रामाणिक पुस्तक’ 

‘साहस’मा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूका जीवनका लैंगिक, सामाजिक–सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरिएको छ।

डा. एचपी छेत्रीको पुस्तक ‘द एथनिक क्वेस्ट’ विमोचित

शिक्षाविद् डा. एचपी छेत्रीले ‘द एथनिक क्वेस्ट’मा सिक्किम र दार्जिलिङका मूलवासी समुदायको इतिहास, सांस्कृतिक सम्पदा र पहिचानको अन्वेषण गरेका छन्।

झन्डै दुई किलोको पुस्तकको ‘ज्ञानभार’

शहरमा हुर्केको एउटा युवाले पिँडालु र गाभा खान्थ्यो, तर बाआमाले आफ्नै करेसाबारीमा पिँडालु रोपेपछि मात्र यी दुई एउटै वनस्पतिका जमिनमुनि र जमिनमाथिका हिस्सा हुन् भनेर जान्न पायो। 

पिरती जिन्दाबाद…

यस किताबमा प्रयुक्त ‘लाटी’ नितान्त पिरतीको लाटी हो, जो एकदमै पियारी र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा यहाँ लाटीको प्रयोग भएको छ।

दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ सार्वजनिक

जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।

डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

जर्ज भान ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुला गाउँमा ६ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेर पुस्तक लेखेका थिए। 

पर्यावरणका भिन्न आयाम बुझ्न भिन्न पुस्तक पढ्नुपर्छः डा. उत्तमबाबु श्रेष्ठ

‘पुस्तकको प्रभाव समयक्रममा फेरिँदो रहेछ। गज्जब लागेका पुस्तक पछि अर्को राम्रो पढेपछि औसत लाग्दो रहेछ। धेरै विषयमा रुचि हुँदा पढेका पुस्तकहरू बिर्सने, सूचना मिसमास हुने समस्या पनि भएको छ।’

‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्।

पृथ्वीनारायण शाहलाई चिन्न जरुरी छ

हामीले पढ्ने, सुन्ने अधिकांश आलेख, अभिलेख र विश्लेषणहरूको समस्या कहाँ छ भने पृथ्वीनारायण शाहलाई नायक मान्नेले उनका ‘सीमा’लाई छुनै नखोज्ने र सुन्नै नखोज्ने।

महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको हो।

‘सात सालको कथा’ लोकार्पण

भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो।

दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ विमोचित

पत्रकार दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ सार्वजनिक भएको छ।

थिएँ छापामार, खोज्दैछु आफ्नोपन

१८ वर्षअघि माओवादी छापामारको तन्द्राबाट निस्किँदै गर्दा मेरा निम्ति धेरै कुरा बुझिनसक्नु थियो। खाली मान्छे मरे–मारेको कुरा मात्रै मलाई थाहा भयो।

इन्द्र चौधरीलाई बालसाहित्य लेखन पुरस्कार

बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्।