इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने भारतको प्रयासलाई गम्भीर रूपमा लिने र आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ।
भारतले जलविद्युत् केन्द्रको नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन डेढ महिनादेखि रोकिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए।
बुधबार राति वर्षासँगै आएको पहिरोले खाँदबारी–किमाथांका खण्डअन्तर्गत मकालु-३ क्षेत्रको सडक बगाएपछि सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।
स्थानीय उपभोक्ता समितिमार्फत च्यांग्रा फार्म नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।
आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
कोशी र गण्डकी प्रदेशको पहाडी भेगका साथै कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका हिमाली क्षेत्रमा हिमपात पनि हुनसक्ने माैसम पूर्वानुमान गरिएको छ।
राष्ट्रबैंकको पत्राचारपछि सीआईबीले प्रसाईंविरुद्ध बैंकिङ कसुर र कालो धनसँग जोडिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
निजामतीमा रहेका कर्मचारी सेवाबाट बाहिरिएको कति समयपछि संवैधानिक आयोग वा अरु कुनै सार्वजनिक पदमा नियुक्ति गर्ने भन्ने सन्दर्भमा समितिमा मतैक्यता हुन नसकेपछि आज अरु विषय अघि बढ्न सकेन।
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ।
लगातारको वर्षाका कारण बुधबार बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
धनगढीबाट खाद्यान्न लिएर बझाङतर्फ गइरहेको मिनीट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको छ।
प्रसारण लाइनमध्ये इनरुवा–न्यू पूर्णियाको लम्बाई नेपालतर्फ करिब २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर रहेको छ। दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अहिलेको परिस्थिति हेरेर वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गते सारिएको बताए।
सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ।
विधेयकमा अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक प्रतिस्पर्धाका लागि उमेरहद नलाग्ने गरी अवसर प्रदान गरिनुपर्ने तथा त्यसमा सफल नभएकालाई उपदानको व्यवस्था गर्न पनि ट्रेड युनियन सुझाव छ।
तीनै बालबालिकाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाए छ।
रवि लामिछानेका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीबाट विद्या भट्टराईले आफूसँग असहमतिका कारणले नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।
सुख्खा पहिरोका कारण यातायात अवरुद्ध हुँदा अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्।
शिशुको हत्या आरोपमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।