नेपालमा डेंगीका सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
सरकारसँग तीनबुँदे सहमतिसँगै आन्दोलनरत रुबी खान समूहले मंगलबारदेखि आन्दोलन स्थगित गरेको छ।
ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनीले ठेक्का लिएर अलपत्र छाडेका वीरेन्द्रनगरका सडकको अस्तव्यस्त अवस्था ‘ठेकेदार नेता’ले राज्य–संयन्त्रलाई कुन हद्सम्म अटेरी गरिरहेछन् भन्ने दृष्टान्त बनेको छ।
फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो। अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ।
फूलखेती शुरूआतमा रहरले गरे पनि हाल बाँकेका किसानहरूको आम्दानीको मुख्य स्रोत बनेको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल–मालालाई बन्देज गर्नुपर्ने उनीहरूको माग छ।
पशुपति विकास कोष र मारवाडी सेवा समितिबीच २०६० सालमा गौशाला धर्मशाला सञ्चालनसम्बन्धी भएको सम्झौता गत वर्ष एकतर्फी रूपमा भंग गरेको कोषले गत महिना काठमाडौँ महानगरसँग नयाँ सम्झौता गरेपछि विवाद बल्झिएको छ।
काभ्रेमा बाढीपहिरोबाट ७८ जनाको निधन भएको थियो। ६ जना अझै बेपत्ता र ७९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झापाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा लगाइएको धानमा डर्टी पेनिकल रोग देखिएको छ।
उनीहरूले रोजगारीका लागि कतार पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ।
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि शुरू हुँदैछ।
प्रहरीले काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि जाँच भइरहेको तर हालसम्म कुनै शंकास्पद वस्तु फेला नपरेको जनाएको छ।
एसोसिएसनका अध्यक्ष दिलीप बादेले अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा मखमली फूलको मालाको माग भएको बताए।
राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेनालाई हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
कृपाश्वर घले गुरुङले फलसँगै बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेका छन्। बिरुवा मात्र बेचेर वर्षमा दुई लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गरेको उनको भनाइ छ।
रात्रि बजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ।
झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चार वटा सानाठूला पोखरीसमेत रहेका छन्।
अहिले देशभर पश्चिमी वायुका साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ।
उक्त पत्रकार सम्मेलनमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने जानकारी गराइएको छ।