AnonymousUser

Logout

सुर्खेतमा जिप दुर्घटना: २ जनाको मृत्यु, २ घाइते

सुर्खेतबाट कालीकोट गइरहेको जिप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्ला नजिकै दुर्घटना भएको हो।

मकवानपुरको भीमफेदीमा कार दुर्घटना, ३ जनाको मृत्यु

कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा नै र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

विकल पौडेललाई थुनामा पठाउन अदालतको आदेश

विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर लाभ लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा छुटे

अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो।

अत्यधिक गर्मीका कारण जनकपुरका विद्यालय ५ दिन बन्द

बुधबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले बिहीबारदेखि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

चन्द्रागिरिमा निःशुल्क सवारीसाधन परीक्षण शिविर सञ्चालन

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिकता दिएको छ।

तराईका जिल्लामा ३ दिनसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ। 

सहकारी समस्या छानबिन गर्न संसदीय समिति गठन

सहकारीमा देखिएका समस्या र लाखौँ बचतकर्ताको अर्बौं रकम अपचलन घटना छानबिनका लागि सरकारले सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ।

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने

सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ।

सिरोहियालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

टिपरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ । 

पानीको समस्या सुनाउन २५ दिन हिँडेर मधेशदेखि काठमाडौँसम्म

चापाकलमा पानी आउन छाडेपछि सप्तरी, सिरहा, धनुषा, बारा, पर्सालगायत जिल्लाका केही स्थानीय पानी माग्न काठमाडौँसम्म पैदलै आएका छन्। स्थानीय र प्रदेश सरकारले गुनासो नसुनेको उनीहरू बताउँछन्।

सडक भासिँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्ड अवरुद्ध

सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो। 

कालीगण्डकीको कटान रोक्न बेनीमा ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ। 

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

विकल पौडेल अमेरिकाको पीआर लिएको मुद्दामा पनि दोषी ठहर

झूटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।

‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा ‘रेमल’ चक्रवातको प्रभावबाट कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ।

यार्सा सिजन शुरू भएसँगै सुनसान भयो तातोपानी नाका

सिन्धुपाल्चोकको पूर्वी भेगका बासिन्दा चिनियाँ नागरिकसँग मिलेर यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकमा पुगेपछि तातोपानी नाका सुनसान भएको छ।

नयाँ सडक खुम्च्याउने काठमाडौँ महानगरको निर्णयविरुद्ध प्रदर्शन

नयाँ सडकलाई खुम्च्याएर फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।