दुवै जना केही दिनअघि मात्रै नेपाल आएका थिए। उनीहरूका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका छन्।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार प्राइम सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको एक अर्ब ५४ करोडभन्दा बढी रकम अपचलन गरेका छन्।
प्रमुख प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन भएका छन्।
गिरीबन्धु टि–इस्टेटका मजदुरहरूले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्।
इतिहासकार ज्ञानमणि नेपालको उपचारका क्रममा मंगलबार मध्याह्न निधन भएको छ।
काठमाडौँ महानगरले सडकको दुवैतर्फ फाल्चा शैलीको बस बिसौनी निर्माण गरेको छ। बानेश्वरबाट बबरमहलतर्फ जाने सडक खण्डमा रहेको बिसौनी मंगलबार सञ्चालनमा आएको छ।
पोखरा महानगरपालिकाको ५५औँ कार्यपालिका बैठकले कायम गरेको ३० मिटर मापदण्ड सर्वोच्चले बदर गरेपछि अन्तरिम आदेश माग गर्दै २२ जनाले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरूको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ।
थप उपकरण र प्राविधिक जनशक्ति अभावमा बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिइएको कम्पानेन्ट सेन्ट्रिफ्युज एक वर्षदेखि थन्किएको छ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने/नदिनेमा एमाले अझै टुंगोमा पुग्न नसकेको बताए।
खानेपानीको समस्या हल गर्न गाउँमा दुई ‘डिप बोरिङ’ र एउटा ठूलो ट्यांकी बनाइयो। तर पिउन योग्य र पर्याप्त पानी नआउँदा सुक्न लागेको कुवामा निर्भर छन्, गोदावरीस्थित नमूनाबस्तीका बासिन्दा।
टर्कीस्थित यूएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै १२४ जनाबाट चार करोड ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट २६ जनाले ज्यान गुमाएका छन्।
राम्रो कमाइको लोभ देखाएर कश्मीर पुर्याइएका नेपालीलाई त्यहाँ बन्धक बनाइएको खबर लिएर सरोज राय गृह र परराष्ट्र मन्त्रालय धाए। तर सरकारले वास्ता नगरेपछि आफैँ अघि सरे। कसरी सफल भयो सरोजको ‘मिसन कश्मीर?’
वर्षा भएसँगै मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
प्रहरीले अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
गत वैशाख २४ गते धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।
‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको हो।