AnonymousUser

Logout

बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ सीमा स्तम्भ गायब

पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। 

२ महिनामै सुन्तलाले पायो ३ गुणा बढी मूल्य

माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ-२ की मेनुकाकुमारी श्रेष्ठले बताइन्। 

डोल्पा आगलागी घटना: घाइते २ बालकको उपचारका क्रममा मृत्यु 

बिहीबार भएको आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए। 

पोखराको गण्डकी बोर्डिङका प्रअसहित ८ जनाविरुद्ध वन मुद्दा 

पोखरा–१६ स्थित सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायत रूखहरू काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको २०२ किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्ने आयोजना २०७४ सालमा शुरू भएको हो।

२०८१ साल शुरू, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

नयाँ वर्षका अवसरमा विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोस र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न प्रण गर्नेसमेत परम्परा छ। 

काठमाडौँ प्रशासनले माइतीघर–बानेश्वर क्षेत्रबाट हटायो निषेध आदेश

काठमाडौँ प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म जारी निषेधित क्षेत्र वैशाख १ गतेदेखि लागू हुने गरी हटाएको छ।

सीमित खर्चको प्रावधानले सीमा क्षेत्रको पर्यटन प्रभावित

भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धेरै नगद बोक्न नपाइने नेपाल राष्ट्र बैंकको नियमका कारण पर्यटकले खुलेर खर्च गर्न नपाएको व्यवसायीको गुनासो छ।

ग्रामीण विकास लघुवित्तका फिल्ड सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्री पोस्ट नगर्नू : साइबर ब्युरो

साइबर ब्युरोले जातजाति तथा सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री पोस्ट नगर्न अनुरोध गरेको छ।

तनहुँमा  चैतेधान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले बताए। 

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा

अख्तियारले पर्साको भिखमपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

हुम्लामा भेडीगोठको आगलागीमा परेर १ जनाको मृत्यु

हावाहुरीका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

इलाममा शुरू भयो ‘अन्तु पर्यटन महोत्सव’

अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लाप्चा जातिको वेशभूषा प्रदर्शन, सांस्कृतिक झाँकी प्रदर्शन, सांगीतिक कार्यक्रम, खाद्य परिकारका स्टललगायत महोत्सवका आकर्षण रहेका छन्।

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको छ। बाँकी दुई जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुंगे पुल बनाइँदै

पुल नहुँदा अहिले रुन्चेतगाउँका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन्। पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब ३०० भन्दा बढी परिवार लाभान्वित हुनेछन्। 

डोल्पामा आगलागीबाट ३ बालबालिका घाइते

उनीहरूको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ। 

भगवानबहाल क्षेत्रबाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको बताए।

हावाहुरीले हवाई उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।