अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्या समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।
बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको चौधरी ग्रुपले पछिल्लो पटक थपिएको १५ दिने म्यादभित्र पनि हकदाबीको प्रमाण पेश गर्न नसकेपछि निर्णय लिन मालपोत कार्यालयले मन्त्रालयलाई गुहारेको छ।
‘होल्डिङ सेन्टर’को प्रयोग नहुँदा एकातर्फ निर्माण भएका संरचना जीर्ण बन्दै गएका छन् भने अर्को तर्फ नेपाली सेनाले पहरा दिनुपरेको छ।
प्रहरीले नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्याका मुख्य योजनाकारलाई १६ वर्षपछि पक्राउ गरेको छ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
सहकारीको रकम अपचलनबारे प्रहरीले नै रवि लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको र दोषी नरहेको भनेकाले त्यसलाई राजनीतिकरण गर्नु उचिन नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।
“पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक घुमाउरो र ओरालो छ। अलिक सुस्त चलाउनु भनेर आग्रह गर्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।”
प्रहरीले उनीहरूबाट अनलाइन गेम खेलाउन प्रयोग भएका पाँच थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद गरेको छ।
संरक्षणका नाममा एक्यापले स्रोतसाधन प्रयोग गर्न नदिएको भन्दै स्थानीय असन्तुष्ट छन् भने आफ्नो अधिकार क्षेत्रबाट वार्षिक करोडौँ रुपैयाँ उठाएर संघ सरकारले मनोमानी गरेको पालिकाहरूको आरोप छ।
विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सम्पर्क व्यक्ति तोकिएको छ।
घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको डीएसपी मदन केसीले जानकारी दिए।
कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनाका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ।
उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
निर्देशक आचार्यले बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीस्वरूप सेवाबाट बर्खास्त गर्ने निर्णय बैंकले सोमबार गरेको हो।
व्यापारीको जग्गा प्लटिङलाई सघाउन आफै खोला पुरेर बाटो बनाउन लागिपरेको गोदावरी नगरपालिकाले अख्तियारलाई पठाएको जवाफमा भने अनौठा र अपत्यारिला दाबी गरेको छ।
प्रहरीले सर्वोच्च अदालत परिसरबाट हतियारसहित सोमबार एक जनालाई पक्राउ गरेको जनाएको छ।
नेपालमा रहेको परिवारको संख्या ६६ लाख ६० हजार ८४९ मध्ये १३.४ प्रतिशत परिवारको कम्तीमा १ सदस्य देशभित्रै अन्य कुनै ठाउँमा छ भने २३.४ प्रतिशत परिवारबाट कम्तीमा १ सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ।
अख्तियारले ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
यसअघि सुन तस्करीमा महरा बाबुछोरा दुवैले समान भूमिका रहेको अनुसन्धानले देखाए पनि प्रतिवेदन तयार पार्दा प्रहरीले नै बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र प्रतिवादी बनाउन राय दिएको थियो।