ठेकेदार कम्पनीले थपिएको नौ महिनाको म्याद गुजारिसकेको छ। आगामी वैशाख ५ गतेसम्मका लागि पुनः तीन महिनाको दोस्रो म्याद थपिए पनि निर्माणले गति लिएको छैन।
संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिएको छ। तर, १२ करोड ९८ लाख लागतको खानेपानी आयोजनामा दुई वर्षमा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।
घरको चौथो तलाबाट हाम फालेकी रविना महर्जन र अचेत अवस्थामा भेटिएका उनकी छोरी २ वर्षीया रिवा र ६ वर्षीय छोरा अश्वेतको उपचारका क्रममा मृत्यु भएको छ।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वैशाखमा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनअघि विभिन्न कानूनमा सुधारका लागि सिफारिस गर्न गठित कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ।
मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।
विभागका अनुसार हालसम्म देशभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी उत्खनन गर्नका लागि १५६ खानीलाई स्वीकृति प्रदान गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ।
युक्रेनी भूमिमा भिडन्तमा पर्दै आएका ललितपुरका सजन लोप्चन तामाङ, गोरखाका मदन कुमाल र झापाका सुरेन तामाङ मस्को विमानस्थलबाटै ‘पक्राउ’ परेका छन्। उनीहरू बुधबार एयर अरेबियाको उडानबाट घर फर्किँदै थिए।
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ। पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन्।
९४ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि कप्तान ईन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्।
मलेसियाको सेलांगोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ बनाएको छ।
दरवाङदेखि धारापानी पुग्न गाडीमा ४५ मिनेट लाग्ने गरेको थियो। सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि–७ धारापानीका रिमप्रकाश थापाले बताए।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदले सडक व्यापारीलाई हटाउने नभई कानून बनाएर व्यवस्थित बनाउनुपर्ने बताउँछन्।
अपार्टमेन्टमा जोडिएको शक्तिशाली व्यापारिक घरानालाई कानूनी कारबाही गर्न नसकेको भन्दै महानगरप्रति बखुण्डोलवासी आक्रोशित छन्। अवैध निर्माण जारी रहँदा पनि महानगरले जानाजान नजरअन्दाज गरेको उनीहरूको आरोप छ।
सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच शुक्रबार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण तयार पार्नेसहित पाँचबुँदे सहमति भएको हो।
सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनबारे मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक गर्न नमिल्ने सांसदहरूलाई जवाफ दिएकी छन्।
पक्राउ परेकाहरूलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ।