AnonymousUser

Logout

युक्रेनी सेनाको कब्जामा पर्दै रुसी सेनामा गएका नेपाली, प्रलोभनको पछि लाग्दा ज्यानै जोखिममा

रुसी सेनामा छिरेका नेपालीहरू नौ महिना तालिममै बित्ने र त्यसपछि सीमा सुरक्षाको 'ड्युटी' गर्दै एक वर्षमा ‘पीआर’ पाइने प्रलोभनमा पर्दै छन्। तर पर्याप्त तालिमबिनै युद्धमा खटाइँदा उनीहरूको ज्यान जोखिममा छ।

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम: छोरी जन्मिए ५ हजार

समाजमा छोराछोरीबीच विभेद केही कम भए पनि पूर्ण रूपमा हटिनसकेकाले छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि ‘नगरकी छोरी’ कार्यक्रम शुरू गरिएको उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ

बिहीबार राति फ्लाई दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका घलेलाई दुई–दुई किलोको सात वटा बिस्कुटसहित पक्राउ गरिएको विमानस्थलका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

चितवनमा मिटरब्याजीले लिएको ७ कट्ठा जमिन फिर्ता

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि चितवनमा ८७ वटा उजुरी परेका छन्।

तराईमा बिहानैदेखि हुस्सु, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

देशभर नै तापक्रम घट्दो क्रममा रहेको र चिसो बढिरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आठबीसकोटमा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही यकिन

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ।

आगलागीमा ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले एक/एक लाख दिने

विराटनगर महानगरले आगलागीमा परी घाइते भएकाहरूको उपचारका लागि जनही ५०/५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।

चितवनमा १० प्रतिशतले घट्यो धान उत्पादन

चितवनमा यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। ४.२६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।

विराटनगर आगलागी: मृत्यु हुनेको संख्या ३ पुग्यो, ३ जना घाइते

आगलागीमा परेर घाइते भएका ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया रिता सरदारको उपचार भइरहेको छ। 

कस्तो रहनेछ बिहीबारको मौसम?

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच १० वर्षे समझदारी 

समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने समझदारी पत्रमा उल्लेख छ।

आरती साहका श्रीमान‍्लाई थुनामा पठाउन आदेश, पीडित परिवारले धर्ना जारी राख्ने 

आरती साहका ससुरासँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसअघि उच्च अदालत जनकपुरले ससुरा र श्रीमान‍्लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

रुसी सेनामा पठाउन सक्रिय गिरोहको ‘टार्गेट’ पूर्व सुरक्षाकर्मी, ७ लाखसम्म लिएर पठाइन्थे नेपाली

उपत्यकामै कार्यरत दुईजना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको प्रहरीले जनाएको छ।

बाल संगठनले भन्यो– भूकम्प प्रभावित बालबालिकालाई संरक्षण गर्न तयार छाैँ

नेपाल बाल संगठनले जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडित अनाथ तथा जोखिममा परेका बालबालिकालाई आफ्ना बालगृहमा व्यवस्थापन गर्न सक्ने बताएको छ। 

सुनसहित पक्राउ परेका न्युरोडका व्यापारीविरुद्ध हुन्डी कारोबारको मुद्दा

 काठमाडौँको न्युरोडबाट झन्डै ८ किलो सुनसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले हुन्डी कारोबार गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ।

सरकारलाई एनसेलको जवाफः ‘कानूनतः कर्तव्यपालनमा कटिबद्ध छौँ’

दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले कानूनीरूपमा कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।

पीडा सहेर पनि हिंसा लुकाउन बाध्य छन् महिला

हिंसाको उजुरी लिएर सम्बन्धित निकायमा पुग्ने महिलाले कानूनी न्याय पाए पनि समाजको पितृसत्तात्मक सोचका कारण तिरस्कृत बन्नुपरेको छ। आर्थिक रूपमा कमजोर महिला हिंसा सहेर बस्न बाध्य छन्।

‘छोरा मरे पनि न्याय मरेको रहेनछ’

रुकुम, सोतीका गाउँलेले जाजरकोट, रानागाउँका नवराज विकलाई 'जात नमिलेपछि' विहे त गर्न दिएनन् नै, प्रेम गरेको बदलामा उनीसहित ६ युवाको ज्यानै लिए। शोकाकुल आमाहरूले त्यसको साढे तीन वर्षपछि न्याय पाएका छन्।

न्युरोडस्थित सुन गाल्ने कारखानामा प्रहरीको छापा, करिब ८ किलो सुन बरामद

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सात किलो ८०० ग्राम सुन बरामद गरेको छ।

रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जना पक्राउ

प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।