पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको दृश्यले टुरिस्ट गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।
अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्याउन पनि पाएका छैनन्।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह छन्। बाँकी चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए।
स्याङ्जाको वालिङ–२ ‘छाप्राक’ गाउँ पहिरोको जोखिममा छ। उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।
बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रोपटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ।
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुंगे पुल बाढीले बगाएपछि राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या भएको छ।
काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहरा नजिकबाट त्रिशूलीमा खसेको वडाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कति जना सवार थिए भन्ने खुलेको छैन।
२०७८ असार २४ गतेको पहिरोले विस्थापित भएका १८ परिवारको स्थायी बसोबासको टुंगो लाग्न सकेको छैन। उनीहरू सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतीक्षामा छन्।
१४ वर्षदेखि पक्षाघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे वीर अस्पतालमा निधन भएको छ।
जबरजस्ती अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृहमा ल्याइएका रामेछापको मन्थली–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा शुरू भएको घटनाले सोमबार भयावह रूप लिएको थियो।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
भौतिक संरचना, स्थानीय बासिन्दा, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र संघ/संस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए।
गृह मन्त्रालयले मातहतका निकायलाई खुला सिमानाकाबाट गैरकानूनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य उत्पादन नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ। वर्षामा झनै माटो खुकुलो भएर एक्स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीय बताउँछन्।
चौतर्फी दबाब र अदालतको अवहेलनामा कारबाही हुनसक्ने भयका कारण सीआईबीले अन्तिम घडीमा पूर्वप्रधानमन्त्रीहरूसँग बयान कागज त गरायो, तर उनीहरूलाई सरकारी साक्षी मात्र बनाउने राय दिएर प्रतिवेदन बुझायो।
अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले ३ लाख २० हजार रुपैयाँ शुल्क तिर्छन्। शुल्कवृद्धिसँगै ७ लाख ७५ हजार ४२० रुपैयाँ हुने विद्यार्थी नेताहरूको भनाइ छ।