डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेमा सडक भासिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै ग्याल्थुमसम्म पुग्ने सडक सञ्चालनका लागि काम भइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ।
पुलमा क्षति पुग्दा गण्डकी र बेनीघाट रोराङ गाउँपालिकाका किसानले तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने विद्यार्थी विद्यालय जान सकेका छैनन्।
सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिक जसो यातायात अवरुद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर जागिर खाएको खुलेपछि सिटिजन्स बैंकको रुपन्देहीस्थित विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोमबार बेलुका सदरमुकाम गमगढीतर्फ जाँदै गरेको जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ।
नक्कली भुटानी शरणार्थीमा थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्। यसअघि ११५ जना व्यक्तिले जाहेरी दिएका थिए।
गण्डकी प्रदेश सरकारले मुस्ताङको कागबेनीमा भेलबाढीबाट विस्थापित एवं प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने भएको छ।
विभिन्न व्यापारिक घराना र स्वार्थ समूहले एकपछि अर्को गर्दै राजधानीलगायत देशैभरको नेपाल बाल संगठनको सम्पत्ति कब्जा गर्न थालेपछि संगठनका पदाधिकारीले सरकार गुहारेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयबाहिर बरामद सुनको तौल ६०.७८९ किलोग्राम मात्र भएको छ।
राष्ट्र बैंकको टक्सार महाशाखामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन जोख्न थालिएको छ।
सप्तकोशीमा सन् १९८९ पछि पहिलोपटक पानीको बहाव सबैभन्दा उच्च विन्दुमा पुगेको छ। यता मध्य नेपालको नारायणी र पश्चिम नेपालको महाकाली नदीको सतहले पनि सतर्कता तह पार गरेको छ।
दाइजो नदिएको निहुँमा आरतीको हत्या भएको परिवारको आरोप छ। हत्याका दोषीलाई कारबाहीको माग राखेर सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका हुन्।
कागबेनीभन्दा माथि झोङमा पहिरो गएर खोला थुनिएको थियो। थुनिएको खोला अचानक खुल्दा बाढी आएको हो। कागखोला कागबेनी हुँदै बग्छ। कागबेनीका घरहरूमा लेदो पसेको छ।
आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो। सोमबार बिहान ५:५१ बजेसम्म नारायणीको पानीको सतह सतर्कता तहमाथि नै छ।
नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ।
पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको र यस्ता खानेकुराबाट हैजालगायतका रोग छिट्टै सर्ने भन्दै निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारीसमेत काठमाडौँ महानगरले गरेको छ।
दोलखाका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्।