मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसको केन्द्रीय समिति बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
जाँचबुझ आयोगको पत्राचारपछि, प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ।
दुई दिनदेखि अवरुद्ध नवलपरासी पूर्वस्थित दाउन्ने सडकखण्ड भने दुईतर्फी सुचारु भइसकेको छ।
राहदानी पुस्तिकाको सीमित संख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ।
कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३.३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले ट्यांकर चालकसहित चार जनालाई पक्राउ गरेको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ वामपन्थी दलबीच एकता सहमति भएको छ। यी दलहरूले कात्तिक १९ गते (बुधबार) संयुक्त सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने भएका छन्।
मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेका थिए।
विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिएको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्तिलाई अब मन्दिरमै पुनर्स्थापना गरिने भएको छ।
अख्तियारले नदीजन्य पदार्थको राजस्व हिनामिना गरेको आरोपमा गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार दिउँसो ढोका तोडेर भागेका २० मध्ये १५ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पुनः पक्राउ गरेको छ।
सरकारले गत असोज ३० गते कात्तिक २० गतेभित्र अमेरिका, चीन, रुससहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
ल्यान्डफिल साइटमा जथाभाबी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित पालिकाका एक/एक जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ।
कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरला नाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडक मर्मतका लागि उपकरणसहित टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुंगा खस्दा आइतबार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएको छ।
पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र पहिरो झर्ने क्रम जारी रहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।
विराटनगरबाट धनगढीतर्फ गइरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो।
घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा, सात जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई थप उपचारका लागि धनगढी 'रेफर' गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।