अख्तियारले नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध एक करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ।
सामाजिक सञ्जालमा महिलामाथि अभद्र ‘ट्रोल’ बनाउने, स्त्रीद्वेषी अभिव्यक्ति दिने र कमेन्ट गर्ने गतिविधि चलिरहेको छ। यस्ता गतिविधिबाट अभिनेत्री, सामाजिक अभियन्ता र राजनीतिक दलका नेतासमेत पीडित छन्।
बागमती खोलामा बनाइएको डाइभर्सन मर्मत गरेर हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा आइतबार दिउँसोदेखि सवारी आवागमन सुचारु भएको छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार र विकासका लागि दलित विकास प्राधिकरण गठन गरी प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाव दिएको छ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले केआईआईटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीलाई जर्सी र खेल सामग्री खरिदमा गरेको आर्थिक चलखेल अनुसन्धान गर्न अख्तियारलगायतका निकायहरू नै पछि हटेका छन्।
भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रेलगायत हल्का चार पांग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली–नाला सडकबाट बनेपा निस्किने गरी डाइभर्सन गरिएको छ।
बाढीले मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सरकार र आवासीय चिकित्सकबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन पानी पार्ने बादल कायम रहने भएकाले सावधानी अपनाउन अनुरोध गरे।
नागढुंगा–पिप्लामोड सडक निर्माण तथा मर्मत गर्न नागढुंगा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन क्षमता बढाउन ४०० भन्दा बढी अस्थायी दरबन्दी थप गर्ने भएको छ।
कालीगण्डकी करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ। त्यसैगरी बुटवल, पोखरा र काठमाडौँसम्मको दूरी पनि छोट्टिएको छ।
पाकिस्तानी र भारतीय सेनाबीच द्वन्द्व बढ्ने त्रासका कारण भारतीय सीमा क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको छ।
महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ।
सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणापत्र जारी गरेको थियो।
प्रहरीले अहिलेसम्मको अनुसन्धानमा मृतकले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको नेपाली दूतावासले जनाएको छ।
२०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो। तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
काठमाडौँ जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।