AnonymousUser

Logout

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ।

विश्व निमोनिया दिवस मनाइँदै, रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

दिवसका अवसरमा ‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम हुने जनाइएको छ।

मधुमेह र समयअघि नै जन्मिएका नवजात शिशुको स्वास्थ्य सचेतनामा जोड

आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम तथा अन्धोपनाबाट धेरैभन्दा धेरै जनसंख्यामा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।

नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकी कार्य योजनासहितको प्रतिवेदन बुझाउने जनाएको छ।

प्रतिबन्धित एन्टिबायोटिक भित्र्याउन औषधि व्यवस्था विभागको साथ

नेपालमा दर्ता नभएका एन्टिबायोटिक आयात गर्न किर्ते कागजात बनाउने व्यवसायी हेमराज बडाल प्रहरी अनुसन्धानमा छन्। तर ती औषधि भित्र्याउँदा कारबाही नचलाउने सरकारी अधिकारी अनुसन्धानको दायरामै छैनन्।

जेनेरिक नाममा औषधिः गुणस्तर चाहिँ कसले हेर्ने?

त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममै औषधि सिफारिस गर्न चिकित्सकहरूलाई निर्देशन दिएसँगै औषधिको गुणस्तरको प्रश्नसमेत पेचिलो बनेको छ।

किस्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त, भिड नियन्त्रणमा समस्या

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन

सीटीभीएस तथा न्युरो सर्जनको अभाव जेन–जी आन्दोलनले फेरि उजार गरेको छ। विशेषज्ञ सर्जन नहुँदा देशकै ठूला अस्पताल पुगेपछि पनि समयमै उपचार नपाएर कतिपय घाइतेको ज्यान गयो।

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोडभन्दा धेरै बिगो मागदाबी

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीमा मिश्राको नाम पनि चर्चामा आएको थियो। तर अख्तियारले उनीमाथि छानबिन गरिरहेकाले तत्काल उनको नियुक्ति रोकिएको थियो।

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ नचाहिने

बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एकपटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर नचाहिने जनाएको छ।

विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ।

पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान चलाइने

परिवार कल्याण महाशाखाका अनुसार खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि शुरू भई तिहारअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

बालबालिकाका लागि खोकीको औषधि प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह

विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ।

विपद्पछि पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निरन्तर वर्षाका कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

स्वास्थ्य प्रणाली तयार नहुँदा गहिरिँदै ज्येष्ठ नागरिक उपचार संकट

नेपालीको औसत आयु बढ्दै र जन्मदर घट्दै जाँदा ज्येष्ठ नागरिकको संख्या बढ्दो छ। तर, यो जनसंख्याका लागि अत्यावश्यक विशिष्ट स्वास्थ्य सेवा, पूर्वाधार र जनशक्ति निर्माणमा भने सरकार उदासीन देखिन्छ।

दशैँमा मासु ‘स्वस्थ तरिका’ले पकाएर खान चिकित्सकको सुझाव

चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन्। मासु आफैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ।

छोरीलाई मिर्गौला दिएर बचाएकी ७९ वर्षीया आमा

७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।

बर्थिङ सेन्टर पुग्न दुई घण्टा पैदल

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी बस्तीबाट बर्थिङ सेन्टर पुग्न जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने अवस्था छ।

वीरगन्जमा नियन्त्रणमा आएन हैजा

वीरगन्जमा हालसम्म हैजाका २३६ जना बिरामी उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। चार जना आईसीयूमा र एक जना एचडीयूमा उपचाररत छन्।