नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको छ।
स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको जनाएको छ।
समुदायमाझ अटिजमबारे बुझाउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा अभानी फाउन्डेशनले ललितपुर पाटनमा नाटक र नाचगान प्रदर्शन गरेको छ।
अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउने गरिन्छ।
मधेशमा हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मात्रै मापदण्डअनुसारका पाइएका छन्।
प्रयोगशालाका लागि मेसिन किन्ने जिम्मा निश्चित कम्पनीलाई दिनेगरी शर्त राखेर स्वास्थ्य सेवा विभागले बोलपत्र मागेको छ। ती शर्तका कारण भविष्यमा प्रयोगशाला सञ्चालन खर्चसमेत बढ्ने व्यवसायी बताउँछन्।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन्।
मस्कुलर डिस्ट्रोफीको रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापनाका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको छ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अग्रसर रहेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन लागिएको जनाएको छ।
चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लूएचओको भनाइ छ।
दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एन्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।
औषधि व्यवस्था विभागको टोलीले रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी गरेको छ।
औषधि व्यवस्था विभागको टोलीले अनुगमन गर्दा टेकु अस्पतालअगाडि सञ्चालनमा रहेको रेमिडियन फार्मेसीबाट ४ भायल दर्ता नै नभएको टीड्याप औषधि जफत गरेको छ।
तनुहँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो।
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ।
प्रदेश अस्पताल कुस्मामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतीबिन्दुका १५४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
बाँकेमा १३ पटकसम्म औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा अझै हात्तीपाइले रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
यसअघि उच्च अदालत जनकपुरले गरेको फैसलालाई उल्ट्याइदिएसँगै पाँच वर्षदेखि रोकिएको नारायणी अस्पताल भवन निर्माण नयाँ बाटोबाट प्रक्रिया बढ्ने आशा पलाएको छ।
आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई पनि सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।