बसमा जति यात्रु बढ्दै जान्थे, रामबहादुरको सकस झन् बढ्थ्यो। उनका खुट्टा गलेर लखतरान भएका थिए। बसले ब्रेक लगाउँदा उनी अगाडि हुत्तिन पुग्दथे। जीर्ण शरीरले यो सबै सहन सकिराखेको थिएन।
कुनै पनि नियुक्ति वा पदोन्नतिका लागि कि त पावरमा भएको वा आलोपालोमा पावरमा आउने रोलक्रममा रहेको पार्टीको ठप्पा शरीरको देखाउन हुने नहुने कुनै पनि भागमा लगाउनैपर्छ।
हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने ती महिलालाई थाहा छैन कि क्या हो? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भए पनि सही हो।
सवारीबाट ओर्लने बित्तिकै विशेष मनुवालाई पिर्के नै भए पनि सलामी चाहियो। अद्वितीय मानवका लागि अन्य औसत अतिथिभन्दा घच्याक्क परेको पीत-सिंहासनमा विशेष गद्दा चाहियो।
‘पृथ्वी सबैको साझा घर हो। घर भत्काउने र बिगार्ने कसैलाई अधिकार छैन। अरू प्राणीसँग त हामी परस्परमा द्वन्द्व र मैत्रीभावले सामञ्जस्य निर्वाह गर्छौं। तर मान्छेको अवाञ्छित गतिविधि डरलाग्दो गरी बढेको छ।’
झन्डै एक वर्षपछि म आज यस स्पेसमा आएको एक मात्र कारण यही हो कि १०–१२ जनामाझ भए पनि यी महान् शान्तिदूत कमरेडलाई नोबेल शान्ति पुरस्कार दिने महत्त्वपूर्ण प्रस्ताव सदनको यही कुनामा बसिबसी साझा गर्न सकौँ।
जति बखान गरे पनि कुरो उही हो। मलाई राजा बनाउन रैतीले आफ्नो योग्यता अझै प्राचीनकालीन बनाउनुपर्यो। ढाड अझै झुकाएर हिँड्न थाल्नुपर्यो।
पहराजति प्लटिङ गरेर गायब बनाइसकेका छन्। मुहानको पानी सुकेर छहरा देख्न नपाएको कति भइसक्यो। यस्तो अवस्थामा अब बाँकी भएको एउटा महरालाई पनि मासेर सकाउने भए कि क्या हो भन्ने फाफुरालाई पिर परिसकेको छ।
यी बहुरंगी पार्टीहरूले जनतामाथि शासन गर्ने एक मात्र उद्देश्यले चुनाव भनिने रामलीलामा ‘अनुमान चालिसा’ पढ्दै एकार्काको चर्को विरोध गर्ने गर्छन्। यस्तो कर्मकाण्डलाई घोषणा-पत्र भन्ने गरिन्छ।
टुकीको बत्तीमा पढेर सन्दुक रुइत संसार हल्लाउने डाक्टर बने। उनलाई चाहिएन फ्लड लाइट! अझ महाभारत पढाइदिनुस् न तिनीहरूलाई, अर्जुनले धनुर्विद्यामा महारथ हासिल गर्न अँध्यारोमै तीर चलाउने अभ्यास गरेका थिए।
संसद् भन्ने ठाउँ अचम्मको हुँदो रहेछ। नयाँ सांसद निर्वाचित भएको आठ–नौ महिना भयो, दुइटा अधिवेशन सकिए, कानून भने जम्मा दुइटा बनाए छन्।
कुरोग्राफर थाहा भएको अर्को कुरा के हो भने उत्तर–उत्तर आधुनिक नेपालको इतिहासमा जब–जब शेरबहादुर देउवाको नाम आउँछ, तब–तब ओलीको नाम नआउने कुरै हुँदैन।
यी बाह्र-सत्ताइस चिन्ताको भारी बिसाउँदै कुरोग्राफर दुनियाँको यो कुनामा पर्ने सिनामंगलदेखि बालुवाटारको रेकी गर्न हिँड्यो। तपाईंहरू आफ्नै हिसाबले आफ्नो वा साथीभाइको ब्रेक-शु खोतल्दै गर्नुहोला।
बर्सेनि दोहोरिने प्राकृतिक विपत्तिको पूर्वतयारी गरेर क्षति न्यूनीकरण गर्नभन्दा घटनापछि हात–खुट्टा फ्याल्दै हिँड्ने सरकारी रवैया एउटा नसुल्झिने कोनन्ड्रम बनिसकेको छ।
जानेबुझेका मान्छेले समाज जस्तो त्यस्तै नेता पाइन्छ भन्थे, होइन रहेछ! हाम्रो समाजले पुष्पकमल दाहालजस्तो नेता डिजर्भ गर्दैन, हामी त्यति विकसित, त्यति लायक भइसकेकै रहेनछौँ।
आश्चर्य त तब भयो जब जलहरी राख्ने क्रममा सुनमा मिसावट गरेर भ्रष्टाचार भएको हुनसक्ने भनेर हालसालै जलहरी निकालेर पुनः तौलिने क्रममा त्यसउपर कुँदिएको दर्जन बढी नामहरूबारे विवरण अगाडि आयो।
हुन त, प्रधानमन्त्रीले नै कानूनी प्रक्रियाको मजाक बनाइरहेको बेला, वर्तमान इतिहासकै सबैभन्दा 'लोकप्रिय' मेयरले देखासिकी गर्दा के टाउको दुखाइरहनु?
वर्षा र मोबाइलले ल्याएको खुशीमाझ आज तपाईंहरूका लागि हप्ताभरि नै सर्वाधिक चर्चा गरिएका खबर संक्षेपमा ल्याएको छु– तीमध्ये एक मन प्रफुल्लित गराउने सुसमाचार र एउटा मूड अफ गराउने कुसमाचार छन्।
संसद्मा पछिल्लो समय भएका गतिविधि नियालौँ। हाम्रो सदन नीति नियममाथि छलफल गर्ने, सार्वजनिक महत्त्वका विषय उठान गर्ने थलोभन्दा माध्यमिक तहको वादविवाद प्रतियोगिता चलाउने फोरम प्रतीत हुन्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको अस्तित्वभित्र बाँकी रहेको ‘क्रान्तिकारी रोमाञ्चकता’को कुनै छुटेको अंश, कुनै सानो अवशेष, कुनै माइक्रोस्कोपिक इन्चको १०८ रुद्राक्षसँगै अन्ततः विसर्जन भएको छ।