AnonymousUser

Logout

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।

उच्च अदालतमा न्यायाधीश नियुक्ति: समावेशिताको सिद्धान्तलाई बेवास्ता गरिएको आरोप

कानून व्यवसायी र राजनीतिक विश्लेषकले उच्च अदालतमा न्यायाधीश नियुक्ति संविधानको मर्मविपरीत भएको टिप्पणी गरेका छन् भने नेपाल बार एसोसिएसनले पनि प्रेस विज्ञप्ति जारी गरी यसप्रति असहमति जनाएको छ।

एशियन कप छनोट: नेपालसँग साउदी पराजित

थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले पराजित गरेको छ। योसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ।

साप्ताहिक ब्रिफिङ: भारत पुर्‍याएर झिकियो मिर्गौला, भाषा आयोग सदस्यमा ३ वर्षदेखि अर्कै कृष्णप्रसाद

यो साता उकालोमा पर्सामा प्रशासन र प्रहरीको ‘असुली अभियान’, नियुक्तिमा पूर्वकर्मचारीको मरिहत्ते, संसद्मा विधेयक अड्किएका अड्कियै, क्यान बैठकमा बबन्डरलगायतका शीर्षकका समाचार चर्चामा रहे।

‘किड्नी किङ’ अमितकुमार र काठमाडौँ कनेक्सन

किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथिको इनाम ५ करोड डलर पुर्‍यायो

न्याय मन्त्रालयका अनुसार, मदुरोले ‘द कार्टेल अफ द सन्स’ नामक कोकेन तस्करी गिरोहको नेतृत्व गर्छन्। यो गिरोहले दुई दशकमा सयौँ टन लागुऔषध अमेरिका पठाएर करोडौँ डलर कमाएको दाबी गरिएको छ।

बेरुजु अन्त्य गरी आर्थिक पारदर्शिता कायम गर्न लेखा समिति सदस्यहरूको सुझाव

मुलुकमा बढ्दै गइरहेको बेरुजु अन्त्य गरी आर्थिक पारदर्शिता कायम गर्न सार्वजनिक लेखा समितिका सदस्यहरूले सरकारलाई सुझाव दिएका छन्।

महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारी चलाउन रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन

संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ।

गाजामा इजरायली सेनाको गोली प्रहारबाट ‘प्यालेस्टिनी पेले’को मृत्यु

गाजा पट्टीमा मानवीय सहायताको प्रतीक्षामा रहेका मानिसलाई लक्षित गरी इजरायली सेनाले चलाएको गोलीबाट पूर्वफुटबल खेलाडी ४१ वर्षीय ओबेदको मृत्यु भएको प्यालेस्टिनी फुटबल संघले जनाएको छ।

भिजिट भिसामा सेटिङः नेपालमा कडाइपछि धमाधम भारतको बाटो

नेपालमा भिजिट भिसामा हुने सेटिङबारे अख्तियारले अनुसन्धान थालेपछि मानव तस्करहरूले नेपालीलाई खाडी मुलुक तथा युरोप पुर्‍याउन भारतको बाटो प्रयोग गरिरहेका छन्।

बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको सडकमा निरन्तर अवरोध हुँदै आएको छ।

तोलामा १ लाख ९९ हजार ४०० पुग्यो सुनको मूल्य

बिहीबार प्रतितोला १ लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।

धरानमा पहिरोले १ घरमा क्षति, १२ घर जोखिममा

वर्षायाम शुरू भएपछि पहिरोको डरले जाग्रम बस्नुपरेको धरान–३ का स्थानीयको भनाइ छ। पर्खाल निर्माण गरेर पहिरो रोकथामको प्रयास गर्ने उपमहानगरले जनाएको छ।

पाल र टेकोको भरमा कुमारी घर

प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ। कुनै पनि निकायले पुनर्निर्माणमा चासो देखाएका छैनन्।

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

डहरे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।

भारी मनका उनले भने, ‘म विवाहित कि अविवाहित?’

बहुविवाहको मस्यौदाले साँच्चिकै कानूनी रूप लेला भन्ने त्रासकै कारण सामाजिक सञ्जालमा भने बहस छेडिएको मात्रै छैन, अधिकारकर्मी सडकसम्म आउन थालिसके।

ललितपुरमा खानेपानी समस्या: मन्त्री आवासमा पानी आउँछ, नागरिकका घरमा आउँदैन

गत वर्षको असोजमा गएको बाढीले जिल्लाका विभिन्न स्थानमा खानेपानी संरचना भत्काएको थियो। ती संरचना अस्थायी रूपमा टालटुल गरिए पनि समस्या भएको छैन।

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

पहिले आफ्नो मिर्गौला बेचे, पछि आफू नै त्यो गिरोहमा जोडिए

ब्युरोले पक्राउ गरेका एक व्यक्ति पहिले भारतमा गएर आफै मिर्गौला बेचेका व्यक्ति हुन्। पछि उनी यही गिरोहमा रहेर काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।